शनिबारदेखि पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाइने « Khabarhub

शनिबारदेखि पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाइने


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रका अवैध संरचना हटाउने भएको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन थालेको छ ।

वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर रहेका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे । पटकपटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरुपमा उत्रिनु परेको उनको भनाइ थियो । महानगरले अव्यवस्थित संरचना हटाउँदै आइरहेको र वडाध्यक्षको यसमा साथ समर्थन रहेको सङ्गतले बताए ।

पाशुपत क्षेत्रका पसल व्यवसायीलाई आज अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गरे भोलिदेखि महानगरले सामान उठाएर लानेसमेत सङ्गतले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचना आजदेखि बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।

अव्यवस्थित संरचनामा व्यापार व्यवसाय गर्दै आइरहेका व्यापारीले चाडबाडका बीचमा रोजीरोटी गुम्ने अवस्था आएकाले महानगर तथा वडाको सूचनालाई आत्मसात् गर्दै संरचना तथा पसल तत्काल हटाउने बताएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १० : ५९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह