एमालेले खोटाङबाट बिशाल भट्टराईलाई लडाउने | Khabarhub Khabarhub

एमालेले खोटाङबाट बिशाल भट्टराईलाई लडाउने


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेकपा एमालेले खोटाङमा बिशाल भट्टराईलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट दिएको छ । आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि एमालेले प्रमुख सचेतक भट्टराईलाई टिकट दिएको हो । जिल्ला कमिटिबाट भट्टराईसहित उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई (पिके), रमेश पौडेल र राजनप्रसाद ढकालको नाम सिफारिस भए पनि भट्टराईले टिकटमा बाजी मारेका हुन् । भट्टराई २०७० को संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।

यस्तै, एमालेले खोटाङ प्रदेशसभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेशसभा ‘ख’मा रामप्रसाद दंगाललाई टिकट दिएको छ । राई २०७० को संविधानसभा सदस्यमा विजयी भएका थिए । उनलाई प्रतिनिधिसभा सदस्यमा सिफारिस गरिए पनि केन्द्रीय कमिटिले प्रदेशको टिकट दिएको हो । ‘अनटेष्टेड’ दंगाल एमालेका जिल्ला अध्यक्ष हुन् । प्रदेशसभा ‘क’बाट प्रत्यक्षमा चार जनाको नाम सिफारिस हुँदा प्रदेशसभा ‘ख’बाट दंगालको एकल नाम सिफारिस भएको थियो ।

गठबन्धनबाट माओवादी केन्द्रलाई टिकट
गठबन्धनबाट प्रतिनिधिसभाको टिकट नेकपा माओवादी केन्द्रले पाएको छ । यस्तै, प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी) र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ । तर अहिलेसम्म गठबन्धनबाट उठ्ने उम्मेदवारको आधिकारिक टुंगो लागेको छैन । गठबन्धनको टिकट वितरणप्रति कांग्रेसभित्र असन्तुष्टि देखिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ४० बजे

आन्दोलनको आगोबीच चर्चित भएका ब्रिटिश ट्राभल भ्लगर 

काठमाडौं– काठमाडौंमा भर्खरै भड्किएको जेन-जी नेतृत्वको आन्दोलन केवल राजनीतिक मात्र थिएन,

सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । 

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)

काठमाडौं– सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः