लमजुङको सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी | Khabarhub Khabarhub

लमजुङको सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

सुन्दरबजार नगरपालिका-९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मगलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू जारी गरेको हो ।

छात्राबासका वार्डेनले मंगलबार विद्यार्थीलाई नदीमा पौडी खेल्न लगेका थिए । तर, पौडी खेल्ने क्रममा कक्षा १० मा अध्ययन श्रेष्ठको निधन भएपछि आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका थिए । उनीहरूले २ वटा स्कुल बस , गाडी र भ्यान तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू जारी गर्नुपरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा भनिएको छ, कर्फ्युको क्षेत्र सुन्दरबजार नगरपालिका ७ को पूर्वदक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङदी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका ९ को मध्यमर्स्याङदी जलविद्युत आयोजना केन्द्रको विद्युत केन्द्रको आवास क्षेत्रको गेट अगाडीको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्ला भित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको छ।

मृतकका आफन्तले विद्यालयका संस्थापक बाबुराम पौडेल र विद्यार्थीलाई पौडी खेल्न लैजाने शिक्षकलाई कारबाहीको माग गरेका छन् । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : ५० बजे

बीमा बोर्डले प्रतिष्ठानलाई झुक्यायो, पत्रले भन्छ- प्रथम सेवा केन्द्र तीन महिनासम्म, तर ‘सिस्टम अन’ केबल तीन दिनलाई

सुनसरी– स्वास्थ्य बीमा बोर्डले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई

विपद्को पूर्वतयारीमा ध्यान दिन सुझाव

काठमाडौं– सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका विपद् व्यवस्थापन विभागका

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल, आवतजावत गर्न सहज

सिमकोट– खार्पुनाथ गाउँपालिकामा रहेका नदीमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण

योगेश भन्छन्- मन्त्रीहरूले गल्ती गरेको भए जिम्मेवारी छाड्नु पर्छ, कसैले उन्मुक्ति पाउँदैनन्

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले वर्तमान सरकारमा रहेका

खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा (माओवादी