आर्थिक वर्ष सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड « Khabarhub

आर्थिक वर्ष सकिन सात दिन बाँकी : राजस्व सङ्कलन १० खर्ब ७० करोड


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षित रूपमा राजस्व सङ्कलन हुन सकेको छैन । सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल रु १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व सङ्कलन भएको छ ।

चालु आव सकिन अब एक साता बाँकी छ । सरकारले चालु आवमा कूल रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयका अनुसार हालसम्म कूल लक्ष्यको ८४/७६ प्रतिशत बराबर राजस्व सङ्कलन भएको छ ।

त्यसमा कर राजस्व कूल रु नौ खर्ब २६ अर्ब ५० करोड ७० लाख बराबर सङ्कलन भएको छ । यो कूल लक्ष्यको ८६/७५ प्रतिशत बराबर हो । चालु आवमा रु १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख बराबर कर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । बाँकी रहेको अवधिभित्र कर राजस्व तोकिए बराबर नै सङ्कलन हुने सरकारको विश्वास छ ।

त्यस्तै गैर राजस्व रु एक खर्ब १२ अर्ब ६२ करोड ७९ लाख बराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु ७४ अर्ब १९ करोड ७१ लाख बराबर सङ्कलन भएको छ । यो कूल लक्ष्यको ६५/८७ प्रतिशत बराबर हो ।

कार्यालयका अनुसार सरकारले रु ५९ अर्ब ९१ करोड ९९ लाख बराबर अनुदान प्राप्त हुने अपेक्षा गरेकामा रु १३ अर्ब ८८ करोड ३३ लाख बराबर प्राप्त भएको छ । कूल लक्ष्यको २३/१७ प्रतिशत बराबर हो ।  सबै विवरणका आधारमा हेर्दा सरकारले चालु आवको हालसम्म अर्थात् (असार २५ गते) आजसम्म कूल लक्ष्यको ८५/३३ प्रतिशत बराबरको प्राप्त गरेको छ ।

त्यस्तै सरकारको खर्चतर्फ कूल लक्ष्यको ७४।३३ बराबर खर्च भएको छ । त्यसमा सबैभन्दा बढी खर्च चालु खर्च रहेको छ । चालु आवका कूल रु १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ करोड बराबरको बजेट खर्च गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये हालसम्म रु १२ खर्ब १२ अर्ब ११ करोड ५२ लाख बराबर खर्च भएको छ । त्यसमा चालु खर्चतर्फ रु १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म रु नौ खर्ब ३८ अर्ब २० लाख बराबर खर्च भएको छ । यो भनेको कूल लक्ष्यको ८८/०५ प्रतिशत बराबर हो ।

यस्तै पुँजीगत खर्च कूल लक्ष्यको ४६/२२ प्रतिशत बराबर भएको छ । विकास निर्माणका काम प्रभावकारी बन्न नसकेका कारण पुँजीगत खर्चमा उल्लेख्य रूपमा बढोत्तरी हुन नसकेको देखिन्छ । सरकारले रु तीन खर्च ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म रु एक खर्ब ७४ अर्ब ७५ करोड ४२ लाख बराबर खर्च भएको छ ।

यस्तै सरकारले नियमित रूपमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा र ब्याज भुक्तानीका लागि विनियोजन गरेको वित्तीय व्यवस्थातर्फ लक्ष्यको ५२।४५ बराबर खर्च गरेको छ । चालु आवमा रु एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थातर्फ गरेको छ । त्यसमध्ये हालसम्म रु ९९ अर्ब ३५ करोड ९० लाख बराबर भुक्तानी गरेको छ ।

सरकारको तर्फबाट आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च रु १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८/६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ । कूल सरकारी खर्चमध्ये चालु खर्च रु नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१/२ प्रतिशत, पुँजीगत खर्च रु तीन खर्ब नौ करोड अर्थात् ७९/४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२/७ प्रतिशत खर्च हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ ।

कोभिड–१९ महामारीको विषम परिस्थितिकाबीच हालसम्मको राजस्व सङ्कलन अवस्था सन्तोषजनक रहेको छ । चालु आवमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्ब ५२ अर्ब ४२ करोड सङ्कलन हुने अनुमान छ । जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो ।

चालु आव वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्ब ८१ करोड र ऋण रु एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ । चालु आवमा  रु दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : ०१ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब