फोहरबाट ग्यास उत्पादन गर्ने तयारी « Khabarhub

फोहरबाट ग्यास उत्पादन गर्ने तयारी


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा – बिर्तामोड नगरपालिकाको टोलीले कन्काइ नगरपालिका– १ मा निर्माण भइरहेको कन्काइ, विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी लिमिटेडको आज अनुगमन गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा, नगपालिकाका अधिकृत मेघराज बास्तोला लगायतको टोलीले सो अनुगमन गरेको हो ।

टोलीलाई कन्काइ विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन समितिका अध्यक्ष मिनाल तिम्सिनाले अहिलेसम्म भए गरेका कामको जानकारी गराए । काम अन्तिम चरणमा पुगेकाले अबको करिब दुई महिनामा कम्पनी सञ्चालनमा आउने अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

कन्काइ, विर्तामोड र अर्जुनधारा नगरपालिका र जनताको संयुक्त सहभागितामा नवीकरणीय ऊर्जा सञ्चालनमा आउन लागेको हो । यसमा रु १४ करोड ३२ लाख खर्च भइसकेको जनाइएको छ ।
कम्पनी सञ्चालनमा आएपछि तीन वटा नगरपालिकामा उत्पादन भएको फोहरबाट दैनिक एक हजार ६०० केजी ग्यास उत्पादन हुने कम्पनीले जनाएको छ ।

पछिल्लो समय जिल्लाको मेचीनगर र शिवसताक्षी नगरपालिका पनि संस्थामा आबद्ध हुनेबारेमा सल्लाह भइरहेको संस्थाका अध्यक्ष तिम्सिनाले बताए । नवीकणीय ऊर्जा सञ्चालनमा आएपछि विर्तामोडमा अहिले भइरहेको फोहर व्यवस्थापनको समस्या पनि हट्नेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : २९ बजे

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि