फोहरबाट ग्यास उत्पादन गर्ने तयारी « Khabarhub

फोहरबाट ग्यास उत्पादन गर्ने तयारी


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा – बिर्तामोड नगरपालिकाको टोलीले कन्काइ नगरपालिका– १ मा निर्माण भइरहेको कन्काइ, विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी लिमिटेडको आज अनुगमन गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा, नगपालिकाका अधिकृत मेघराज बास्तोला लगायतको टोलीले सो अनुगमन गरेको हो ।

टोलीलाई कन्काइ विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन समितिका अध्यक्ष मिनाल तिम्सिनाले अहिलेसम्म भए गरेका कामको जानकारी गराए । काम अन्तिम चरणमा पुगेकाले अबको करिब दुई महिनामा कम्पनी सञ्चालनमा आउने अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

कन्काइ, विर्तामोड र अर्जुनधारा नगरपालिका र जनताको संयुक्त सहभागितामा नवीकरणीय ऊर्जा सञ्चालनमा आउन लागेको हो । यसमा रु १४ करोड ३२ लाख खर्च भइसकेको जनाइएको छ ।
कम्पनी सञ्चालनमा आएपछि तीन वटा नगरपालिकामा उत्पादन भएको फोहरबाट दैनिक एक हजार ६०० केजी ग्यास उत्पादन हुने कम्पनीले जनाएको छ ।

पछिल्लो समय जिल्लाको मेचीनगर र शिवसताक्षी नगरपालिका पनि संस्थामा आबद्ध हुनेबारेमा सल्लाह भइरहेको संस्थाका अध्यक्ष तिम्सिनाले बताए । नवीकणीय ऊर्जा सञ्चालनमा आएपछि विर्तामोडमा अहिले भइरहेको फोहर व्यवस्थापनको समस्या पनि हट्नेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : २९ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी