वीरेन्द्रनगर डेङ्गुको जोखिममा « Khabarhub

वीरेन्द्रनगर डेङ्गुको जोखिममा


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर डेङ्गु रोगको जोखिममा रहेको पाइएको छ । सुर्खेतका नौ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका डेङ्गुको उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले यस वर्ष सुर्खेतमा एक सय पाँच जना डेङ्गु रोगका बिरामीमध्ये वीरेन्द्रनगरभित्रका मात्रै ७५ जना रहेको बताए। प्रमखु गिरीका अनुसार यो तथ्याङ्कबाट नै वीरेन्द्रनगर डेङ्गुको जोखिममा रहेको पाइएको हो ।

वीरेन्द्रनगरका १६ वटा वडामध्ये सबैभन्दा धेरै बिरामी वडा नं ४ मा रहेका छन् । वडा नं ४ मा १५, वडा नं ३ मा १४, वडा नं २ मा १० र वडा नं ६ र ७ मा सात÷सात जना बिरामी रहेका छन् ।

डेङ्गु रोगविरुद्ध खोप नभएको र खास उपचार पनि नभएको हुँदा यसलाई रोक्ने प्रभावकारी उपाय नै पानी जम्न नदिनु, यसको लार्भा नष्ट गर्नु नै उत्तम रहेको जनस्वास्थ्य शाखा प्रमुख गिरी बताए ।

वीरेन्द्रनगरमा डेङ्गु रोगको जोखिम बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले यसको न्यूनीकरणका लागि सर्वपक्षीय सुझावसमेत मागेको छ । अघिल्लो वर्ष सुर्खेतका एक सय २८ जनामा वीरेन्द्रनगरमा मात्रै ९४ जना र त्यसअघि सुर्खेतका सात सय ९८ जनामा वीरेन्द्रनगरका मात्रै सात सय ३९ जना डेङ्गुका बिरामी फेला परेका थिए

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : ३७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह