चर्को विवादपछि गण्डकीका मुख्यमन्त्रीले दिए व्यक्तिका नामको बजेटलाई प्राथमिकताका क्षेत्रमा खर्चिन निर्देशन « Khabarhub

चर्को विवादपछि गण्डकीका मुख्यमन्त्रीले दिए व्यक्तिका नामको बजेटलाई प्राथमिकताका क्षेत्रमा खर्चिन निर्देशन


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा व्यक्तिका नाममा बजेट विनियोजन गरेपछि चौतर्फी विरोध भएको छ ।

गण्डकी सरकारले व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन करिब १० करोड रुपैयाँ बजेट विनियोजन गरेपछि सरकारमा रहेको काँग्रेसका नेताहरुले समेत असन्तुष्टि व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका–१० मा खोलिएको कोषका लागि ५० लाख छुट्याएका छन् । त्यस्तै उनले दमौली अस्पतालमा रहेको गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्रको स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्नका लागि भन्दै १० लाख छुट्याइएको थियो ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले पनि बुबाका नाममा खोलिएको कोषमा ५० लाख विनियोजन गरेका छन् । यस्तै उनले अन्य शीर्षकमा समेत गरी आमाबुबाका नाममा १ करोड विनियोजन गरेका छन् ।

व्यक्तिका नाममा बजेट विनियोजन गरेपछि नागरिकस्तरमा चर्को विवाद भएको थियो भने काँग्रेसकै नेताहरुले समेत विरोध जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि विरोध चर्काएको छ ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यसबारेमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको ध्यानाकर्षण भएको र नागरिकको भावनालाई उच्च कदर गर्दै विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने जनाइएको छ ।

‘आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रमहरुमा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन माननीय मुख्यमन्त्रीज्यूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसक्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ११ : ०४ बजे

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को