टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टुको बिदाइ « Khabarhub

टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टुको बिदाइ


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठलाई अखिल नेपाल टेबल टेनिस संघले बिदाइ गरेको छ।

संघको लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा मंगलबार संघका राष्ट्रिय अध्यक्ष चतुरानन्द राजबैद्यले च्याम्पियन श्रेष्ठलाई राष्ट्रिय झण्डा ओढाएर बिदाइ गरेका हुन्।

संघका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्य, प्रमुख प्रशिक्षक संजीव कुमार ढुङ्गेल, प्रशिक्षकहरू, खेलाडीलगायतले श्रेष्ठलाई खादा, अबिरसहित उज्ज्वल भविष्यको लागि शुभकामनासहित बिदाइ गरे ।

स्यान्टु उच्च शिक्षा अध्ययन गर्नका लागि अस्ट्रेलिया प्रस्थान गर्दैछन् । ३ पटकको च्याम्पियन स्यान्टुले दक्षिण एसियाली खेलकुदमा १ रजत र ३ कांस्य पदक प्राप्त गर्न सफल भएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : ५३ बजे

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर