टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टुको बिदाइ « Khabarhub

टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टुको बिदाइ


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठलाई अखिल नेपाल टेबल टेनिस संघले बिदाइ गरेको छ।

संघको लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा मंगलबार संघका राष्ट्रिय अध्यक्ष चतुरानन्द राजबैद्यले च्याम्पियन श्रेष्ठलाई राष्ट्रिय झण्डा ओढाएर बिदाइ गरेका हुन्।

संघका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौँ जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्य, प्रमुख प्रशिक्षक संजीव कुमार ढुङ्गेल, प्रशिक्षकहरू, खेलाडीलगायतले श्रेष्ठलाई खादा, अबिरसहित उज्ज्वल भविष्यको लागि शुभकामनासहित बिदाइ गरे ।

स्यान्टु उच्च शिक्षा अध्ययन गर्नका लागि अस्ट्रेलिया प्रस्थान गर्दैछन् । ३ पटकको च्याम्पियन स्यान्टुले दक्षिण एसियाली खेलकुदमा १ रजत र ३ कांस्य पदक प्राप्त गर्न सफल भएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : ५३ बजे

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख