हुर्लुङ-जालपा सडक ग्राभेलमा ढिलासुस्ती, पहिरो पन्छाउन ठेकेदारको बेवास्ता  « Khabarhub

हुर्लुङ-जालपा सडक ग्राभेलमा ढिलासुस्ती, पहिरो पन्छाउन ठेकेदारको बेवास्ता 


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हुर्लुङ–जालपा (८ किलोमिटर) सडक मा खसेको पहिरो पन्छाउन निर्माण कम्पनीले बेवास्ता गरेको छ ।

जिल्लाका उत्तरी पालिका जोड्ने हुर्लुङ–जालपा सडक ग्राभेलको ठेक्का लिएको निर्माण कम्पनी रौता सुसन आदित्य जेभीले वर्षा याममा सडकका विभिन्न ठाउँमा झरेको पहिरो पन्छाउनमा बेवास्ता गरेको हो । २४ महिनामा पूरा गर्ने गरी रौता सुसन आदित्य जेभीले २०७८ साल भदौ ३१ मा सडक ग्राभेलको ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का लागिसकेको सडकमा आउने अवरोध हटाउने जिम्मेवारी सम्बन्धित निर्माण कम्पनीको हुन्छ तर रौता सुुसन आदित्य जेभीले बेवास्ता गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाले सडकको अवरोध हटाइरहेको छ । अवरुद्ध सडक खुलाउने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ८०० लिटर तेल खर्च भइसकेको छ ।

हुर्लुङ–जालपा सडक अवरुद्ध हुँदा केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट विच्छेद हुने गरेको छ । गत १७ असार यताको वर्षाले पटक–पटक हुर्लुङ–जालपा सडक अवरुद्ध भएको छ । सो सडक खण्ड अन्तरगत हौंचुर पोखरीमा तेश्रोपल्ट खसेको पहिरो १८ साउनमा पन्छाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । सडक हिलाम्मे हुँदा यात्रा उत्तिकै कष्टकर हुने गरेको छ।

रौता सुसन आदित्य जेभीले ४१ प्रतिशत कम रेटमा प्रदेश १ पूर्वाधार विकास मन्त्रालयको १२ करोड ७२ लाख ९२ हजारमा ठेक्का लिएको हो तर सडक ग्राभेलको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ । ठेक्का सम्झौता गरेको वर्षदिनमा निर्माण कम्पनीले हुर्लुङबाट करिब एक-डेढ किलोमिटर मात्र ग्राभेल गरेको छ । हुर्लुङ–जालपा सडक स्वीस सरकार र नेपाल सरकारको लगानीमा खोलिएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : ३० बजे

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ– चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ जनामा

नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल साउन २९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २९ गते शुक्रबार सन् २०२६

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५