हुर्लुङ-जालपा सडक ग्राभेलमा ढिलासुस्ती, पहिरो पन्छाउन ठेकेदारको बेवास्ता  « Khabarhub

हुर्लुङ-जालपा सडक ग्राभेलमा ढिलासुस्ती, पहिरो पन्छाउन ठेकेदारको बेवास्ता 


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हुर्लुङ–जालपा (८ किलोमिटर) सडक मा खसेको पहिरो पन्छाउन निर्माण कम्पनीले बेवास्ता गरेको छ ।

जिल्लाका उत्तरी पालिका जोड्ने हुर्लुङ–जालपा सडक ग्राभेलको ठेक्का लिएको निर्माण कम्पनी रौता सुसन आदित्य जेभीले वर्षा याममा सडकका विभिन्न ठाउँमा झरेको पहिरो पन्छाउनमा बेवास्ता गरेको हो । २४ महिनामा पूरा गर्ने गरी रौता सुसन आदित्य जेभीले २०७८ साल भदौ ३१ मा सडक ग्राभेलको ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का लागिसकेको सडकमा आउने अवरोध हटाउने जिम्मेवारी सम्बन्धित निर्माण कम्पनीको हुन्छ तर रौता सुुसन आदित्य जेभीले बेवास्ता गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाले सडकको अवरोध हटाइरहेको छ । अवरुद्ध सडक खुलाउने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ८०० लिटर तेल खर्च भइसकेको छ ।

हुर्लुङ–जालपा सडक अवरुद्ध हुँदा केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट विच्छेद हुने गरेको छ । गत १७ असार यताको वर्षाले पटक–पटक हुर्लुङ–जालपा सडक अवरुद्ध भएको छ । सो सडक खण्ड अन्तरगत हौंचुर पोखरीमा तेश्रोपल्ट खसेको पहिरो १८ साउनमा पन्छाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । सडक हिलाम्मे हुँदा यात्रा उत्तिकै कष्टकर हुने गरेको छ।

रौता सुसन आदित्य जेभीले ४१ प्रतिशत कम रेटमा प्रदेश १ पूर्वाधार विकास मन्त्रालयको १२ करोड ७२ लाख ९२ हजारमा ठेक्का लिएको हो तर सडक ग्राभेलको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ । ठेक्का सम्झौता गरेको वर्षदिनमा निर्माण कम्पनीले हुर्लुङबाट करिब एक-डेढ किलोमिटर मात्र ग्राभेल गरेको छ । हुर्लुङ–जालपा सडक स्वीस सरकार र नेपाल सरकारको लगानीमा खोलिएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : ३० बजे

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख