क्यानडामा दुई साता लामो डढेलोपछि आपत्‌काल जारी « Khabarhub

क्यानडामा दुई साता लामो डढेलोपछि आपत्‌काल जारी


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटाबा – जलवायु परिवर्तनका कारण गर्मीको चर्को तापक्रमले पृथ्वीमा विनाश गरिरहेको छ । यसको पछिल्लो उदाहरण क्यानडाका दुई प्रान्त बनेका छन् । रिपोर्टअनुसार क्यानाडाको पूर्वी प्रान्त न्युफाउन्डल्याण्ड एन्ड ल्याब्राडोरको जंगलमा विगत दुई सातादेखि डढेलो लागिरहेको छ ।

उक्त प्रान्तका प्रधानमन्त्री एन्ड्र्यु फ्युरेले आपत्कालीन अवस्था जारी गरेका छन् । ‘पछिल्लो ३६ घण्टामा परिवर्तन भएका छन् । हामीले यसलाई व्यवस्थापन गर्न सक्छौं भन्ने भविष्यवाणी गरेका थियौँ । यद्यपि, हावाको परिवर्तनसँगै धुवाँको प्रभाव देखिने त्रास छ’, एन्ड्र्यु फ्युरेले एक विज्ञप्तिमा भनेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुईवटा छुट्टाछुट्टै जंगलमा लागेको आगलागीबाट कतिपय क्षेत्र ध्वस्त भएको छ । डढेलो न्युफाउन्डल्याण्डमा १२ हजार ३५५ एकड र प्याराडाइज लेकमा १६ हजार ६२ एकड भूभागको जंगल नष्ट गरेको छ ।

यस क्षेत्रमा फैलिएको ठूलो धुवाँले आगो निभाउने प्रयासलाई थप जटिल बनाइरहेको बताइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ११ : २२ बजे

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा.

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित