‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’ « Khabarhub

‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी – नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ ।

जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका कार्यकारी निर्देशक र न्यु साउथवेल्स युनिभर्सिटीका प्राध्यापक ब्रुस नीलले सोडियम क्लोराइडको सट्टा पोटासियम क्लोराइड भएको नुनको प्रयोगले मुटुसम्बन्धी रोगको जोखिम कम गर्ने र त्यसले हरेक वर्ष संसारभरि लाखौँको जीवन बचाउनसक्ने बताएका छन् ।

उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डोर्‍याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरे । आज सार्वजनिक भएको ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने प्रारम्भिक मृत्युको जोखिमलाई १३ प्रतिशत र हृदयघातको जोखिम ११ प्रतिशतले कम गरेको उल्लेख छ ।

चीनको हार्बिन मेडिकल युनिभर्सिटीका वैज्ञानिक सम्मिलित अनुसन्धान टोलीले गत वर्ष ग्रामीण चीनका करिब २० हजार सर्वसाधारणलाई समावेश गरेर प्रकाशित एउटा प्रमुख अध्ययनमा आधा मानिसले आफ्नो आहारमा नुनको विकल्प प्रयोग गरेका तथा बाँकीले आफ्नो खानामा नियमित नुन प्रयोग गरेका थिए । नुनको विकल्प रोज्नेमा हृदयघातको जोखिम कम देखिएको अध्ययनको निष्कर्ष छ ।

चीनमा गरिएको यो अध्ययन र त्यसको निष्कर्ष मानज स्वास्थ्यका निम्ति लाभदायक भए पनि त्यस्तै परिणाम विश्वका अन्य भागमा पनि लागू हुन्छन् भनेर किटान गर्न नसकिने अनुसन्धानकर्ता नील बताउँछन्।

पोटासियम नुनले जुनसुकै उमेर, तौल, वर्ण, लिङ्ग वा जातिका मानिसको रक्तचाप कम गर्ने उनी उल्लेख गर्छन् । बीस वर्षदेखि अध्ययनअनुसन्धानमा व्यस्त उनले यो अनुसन्धानको निष्कर्षबाट आफू उत्साहित भएको बताए ।

पोटासियम नुन सोडियम नुनभन्दा केही महँगो भए पनि स्वास्थ्यका निम्ति त्यो उपयोगी भएकाले त्यसको उपयोगमा उनले जोड दिए । आयोडिनयुक्त नुन कण्ठरोग निवारण लागि ल्याइएको झै सोडियमयुक्त नुन हटाएर पोटासियमयुक्त नुनको प्रयोग बढाउन सकिने उनको तर्क छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १२ : ५३ बजे

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

सङ्खुवासभा– सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार

इरानविरुद्ध अनिश्चितकालीन नाकाबन्दी लगाउन सकिने अमेरिकाको चेतावनी

काठमाडौँ – अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको