सवारी दुर्घटनामा तीन जनाको मृत्यु  | Khabarhub Khabarhub

सवारी दुर्घटनामा तीन जनाको मृत्यु 


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन, मोरङ र कैलालीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।  चितवनको भरतपुर महानगरपालिका–२९ चौधकिलोमा प्रदेश २-०१००१ क ०२०२ नम्बरको ट्रकले प्रदेश २-०३००१ प १८१४ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा कालिकामाई गाउँपालिका–१ बस्ने २८ वर्षीय रितेश कुमार पण्डित रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोरङको बेलबारी नगरपालिका–६ सोमबारे जरुवा टोलमा को.११ प ९३१३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६१ वर्षीया सितादेबी ढकाल रहेकी छन् । उनको मंगलबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा  उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से.२ प ५२८२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार डोटी जोराईल गाउँपालिका–१ बस्ने २७ वर्षीय चित्र मडै रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएको उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १ : १० बजे

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री

भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै

काठमाडौं – भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु हुँदैछ।

रुवी साह हत्या आरोपी लक्ष्मण पासवान पक्राउ

रौतहट – रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका