स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिए | Khabarhub Khabarhub

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिए


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली संकलनमा ती मतदाता थपिएका हुन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेसम्ममा नयाँ मतदाता थपिएका हुन् ।

साउन १९ पछि भने निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए । जिल्लाका ११ स्थानीय तह अन्तर्गत ९७ वटा वडाका सेवाग्राहीलाई पायक पर्ने गरी तीन स्थानमा फोटोसहितको मतदाता नामावली संकलन गरिएको उनले बताए ।

स्याङ्जामा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय वालिङमा नियमितरूपमा फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो । ‘मतदाता नामावलीमा नाम लेखाउनका लागि दैनिक तीन वटै कार्यालयमा सेवाग्राहीको भीड हुने गथ्र्यो’, उनले भने, ‘सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै अब अरु तयारीमा लाग्नुपर्ने भएकाले मतदाता नामावली संकलन कार्य स्थगित गरिएको छ ।’ 

नयाँ थपिएको सङ्ख्या जिल्लाभित्रका तीन वटा कार्यालयमा आई फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउने मात्रै रहेको कार्यालयले जनाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जामा दुई लाख ४० हजार पाँच सय ३५ मतदाता थिए । अब जिल्लामा नयाँ थपिएकासहित दुई लाख ४६ हजार नौ सय ३५ मतदाता पुगेका जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : ३६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका