लमजुङमा तीन हजारभन्दा बढी नयाँ मतदाता थपिए | Khabarhub Khabarhub

लमजुङमा तीन हजारभन्दा बढी नयाँ मतदाता थपिए


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा तीन हजार तीन सय २७ नयाँ मतदाता थपिएका छन् । जसमा एक हजार सात सय ७६ पुरुष र एक हजार पाँच सय ५१ महिला मतदाता छन् ।

गत १ असारदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाताले नाम लेखाएका हुन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय गरी दुई स्थानमा नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताइन् ।

लमजुङमा जिल्लाबाहिरका ५६ जना मतदाताले पनि नाम दर्ता गराएका छन् । यससँगै जिल्लामा कुल मतदाताको संख्या एक लाख ३४ हजार आठ सय २१ पुगेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लमजुङमा एक लाख ३१ हजार चार सय ९४ मतदाता थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ३ : ५८ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट