सावित्राले पाँच गोल गर्दा गोकुलमको सहज जित « Khabarhub

सावित्राले पाँच गोल गर्दा गोकुलमको सहज जित


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेलाले केरेला महिला लिग २०२२ मा केरेला युनाइटेट एफसीलाई ११–० ले पराजित गरेको छ ।

बुधबार उद्घाटन खेलमा सावित्राले एक्लै पाँच गोल गरिन् । यस्तै, सन्ध्याले दुई गोल गर्दा कप्तान कश्मिना, रेश्मा, एड्जिल र हर्मिलानले समान एक गोल गरे ।

पहिलो खेलमा पाँच गोल र दुई असिस्ट गरेकी सावित्रा प्लेयर अफ दी म्याच घोषित भइन् । सावित्राले खेलको ३, ९, २७, ३५ र ५७ औँ मिनेटमा गोल गरेकी थिइन् । उनी ६० औँ मिनेटमा मैदान बाहिर भइन् ।

१० टोली सहभागी केरेला लिगको च्याम्पियन टोली आईलिगमा छनोट हुनेछ । सावित्रासँगै नेपाली राष्ट्रिय टोलीकी अर्की सदस्य दीपा न्यौपानेले केरेला लिग खेल्नेछिन् । डन बस्को फुटबल एकेडेमीमा अनुबन्ध दीपा आज त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : ५१ बजे

सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक

संसद्‍मा ज्वालाको माग- सम्पर्कविहीन रेवन्तको खोजी तीव्र बनाइयोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौला (ज्वाला) ले अछामको मंगलसेन

राष्ट्रियसभामा नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सम्पन्न

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको

रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पहिलो महाधिवेशनबाट