राहत र उद्धारलाई प्राथमिकता दिन प्रवक्ता महतको आग्रह « Khabarhub

राहत र उद्धारलाई प्राथमिकता दिन प्रवक्ता महतको आग्रह


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अविरल वर्षाका कारण क्षति बेहोरेका नागरिकलाई राहत उपलब्ध गराउन तथा उनीहरुको उद्धार गर्न आग्रह गरेका छन् ।

प्रवक्ता महतले आज एक विज्ञप्ति जारी गरी अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काठमाडौँ, नुवाकोट, रसुवालगायतका जिल्लामा ठूलो क्षति पु¥याएको भन्दै राहत र उद्धारमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन् ।
‘गए राति परेको अविरल वर्षाका कारण काठमाडौँ, नुवाकोटका विभिन्न क्षेत्र र रसुवामा समेत ठूलो क्षति पुगेको छ, बाढीपहिरोले पु¥याएको क्षतिको उद्धार र राहत कार्यमा लाग्न म सबैलाई हार्दिक अनुरोध गर्दछु’, उनले भने ।

जोखिमयुक्त क्षेत्रमा रहेका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । प्रवक्ता महतले प्राकृतिक विपद्को घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्धार र राहतमा सरिक हुन सबैलाई अनुरोधसमेत गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : ०५ बजे

सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक

संसद्‍मा ज्वालाको माग- सम्पर्कविहीन रेवन्तको खोजी तीव्र बनाइयोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौला (ज्वाला) ले अछामको मंगलसेन

राष्ट्रियसभामा नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सम्पन्न

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको

रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पहिलो महाधिवेशनबाट