लोकतन्त्र बुझाउन पोखरामा बीपी स्मृति पुस्तकालय « Khabarhub

लोकतन्त्र बुझाउन पोखरामा बीपी स्मृति पुस्तकालय


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखराका गणेशबहादुर भट्टराई शुक्रबार पुस्तक पढ्नमा व्यस्त हुनुहुन्थ्यो। बीपी विचारबाट आकर्षित भट्टराईको हातमा ‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ नामक पुस्तक थियो।
उनीसँगै नेपाली कांग्रेसका नेता कार्यकर्ता पुस्तक पढ्दै थिए। त्यहाँ उपस्थित सबैको अनुहारमा कान्ती थियो। आफ्ना रोजाइका नेपाली कांग्रेस र यससँग सम्बन्धत पुस्तक पढ्न पाइने गरी पोखरामा पुस्तकालय खुलेकोमा सबैले प्रशंसा गरिरहेका थिए।

‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ पुस्तक पढिरहेका भट्टराई पनि पुस्तकालय खुलेकोमा खुसी हुनुहुन्थ्यो। पोखरामा खुलेको बीपी स्मृति पुस्तकलयमा सबै बीपी कोइरालाले लेखेको र उनका बारेमा अरु लेखकले लेख्नुभएका पुस्तक पढ्न पाइने भएपछि हर्ष लागेको उनको भनाइ छ।

यसरी पुस्तकालय स्थापना गरेर बीपी र उनीसँग सम्बन्धित विषयमा ज्ञान छर्ने कामको चाँजोपाँजो मिलाएको हो, नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले। सबै व्यवस्था मिलाएर प्रदेश समितिले शुक्रबार एक सय नवौँ बीपी जयन्तीका अवसरमा पुस्तकालयको उद्घाटन गरेको हो। जहाँ राष्ट्रियता, प्रजातन्त्र र समाजवादसँग सम्बन्धित एक हजारभन्दा बढी पुस्तक तथा पत्रिका छन्।

पुस्तकालयका लागि प्राज्ञिक व्यक्तिले निःशुल्क पुस्तक उपलब्ध गराएको पुस्तकालय व्यवस्थापन समितिका संयोजक प्रा डा कुशुमाकर न्यौपाले जानकारी दिए।

प्रजातन्त्रमा व्यक्ति सर्वोच्च हुन्छ भन्ने बुझाउन पुस्तकालयको स्थापनामा जोड दिएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको भनाइ छ।

शुक्रबारदेखि सञ्चालमा आएको बीपी स्मृति पुस्तकालयमा देशैभरका मानिसले अध्ययन गर्न सक्नेछन्। आगामी दिनमा लोकतन्त्रसम्बन्धी १० हजार पुस्तक थप गरेर लोकतन्त्र बुझाउने देशकै नमूना पुस्तकालय बनाउने योजना उनले सुनाए।

पुस्तकालयको पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमाले उद्घाटन गरेका हुन्।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १० : ०५ बजे

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक

पहिरोले बेनी बजारका १२ घरमा क्षति

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र

अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि