डेङ्गु रोग सचेतना अभियान सञ्चालन हुने « Khabarhub

 डेङ्गु रोग सचेतना अभियान सञ्चालन हुने


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहलपुर– नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सञ्चालन गर्ने भएको छ ।

त्यसका लागि शुक्रबार भएको सरोकारवालाबीचको बैठकमा नगर उपप्रमुख कमरुद्धिन राईले डेङ्गु रोग नियन्त्रण र रोकथामका लागि नगर क्षेत्रमा लामखुट्टेको बास स्थान नष्ट गर्ने तथा समुदायमा सचेतना फैलाउने खालका गतिविधिमा जोड दिइएको बताए । उनले डेगुविरुद्धको अभियानमा सम्पूर्ण नगरवासी र सरोकारवाला निकायको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

भेरी अस्पताल नेपालगञ्जका डा राजन पाण्डेले डेङ्गु अहिले विश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको भन्दै सामान्य ज्वरो आएको अवस्थामा जथाभावी औषधि सेवन नगर्न सुझाव दिए । भेरी अस्पतालमा डेङ्गु भन्दा स्क्रब टाइफसलगायतका बिरामी बढी भएको उनको भनाइ छ ।

भेरी अस्पतालका डा बद्री चापागाँईले अस्पतालमा बिरामीको चाप अधिकतम रहेको र शय्या अभाव रहेको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेल, कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, तेज वलीलगायतले लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट जोगिने भरपर्दो उपाय भएको बताउँदै रोग लाग्न नदिन सरसफाइमा विशेष दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १२ : ३१ बजे

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।