सिरहा २ बाट पनि प्रचण्डको नाम सिफारिस « Khabarhub

सिरहा २ बाट पनि प्रचण्डको नाम सिफारिस


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आसन्न प्रतिनिधिसभा, प्रदेससभाको निवार्चनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ । सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ ।

माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि दशमीलाल चौधरी र आशानन्द यादवलाई सिफारिस गरेका छन् । प्रदेशसभा १ (क) बाट विजयकुमार गुप्ता, खडगनारायण चौधरी र नथुनी महतो सिफासिस गरेको छ । प्रदेशसभा १ (ख) बाट हेमन्तकुमार यादव, महादेव चौधरी र उमेश यादवलाई सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सुरेशचन्द्र दासलाई सिफारिस गरिएको छ । प्रदेशसभा २ (क) बाट जीवछ यादव र अरविन्द यादव, प्रदेशसभा २ (ख) बाट सुनिताकुमारी महतो, हरिनारायण चौधरी, विष्णु न्यौपाने र मुक्तिनारायण सिंहको नाम सिफारिस गरेको छ । सिरहा क्षेत्र नं. २ मा मोओवादी केन्द्रबाटै सुरेशचन्द्र दास यादव निर्वाचित भएको थिए ।

निर्वाचन क्षेत्र नं ३ बाट विश्वनाथ साहको एकल नाम सिफारिस गरिएको छ । प्रदेशसभा ३ (क) बाट जगतप्रसाद यादव र तेजेन्द्र लामा, प्रदेशसभा ३ (ख) बाट महेश यादव र चन्देश्वर यादवको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नं। ४ बाट महेन्द्र पासमान र अजयशङ्कर नायकको नाम सिफारिस गरिएको छ भने प्रदेशसभा ४ (क) बाट दिलीप साह, प्रदीप तिवारी, कुसेश्वर साह र धनीकलाल यादवको नाम सिफारिस गरिएको हो । प्रदेशसभा ४ ९ख० बाट कसैको नाम सिफारिस नगरिएको जनाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : ०८ बजे

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त