सिरहा २ बाट पनि प्रचण्डको नाम सिफारिस « Khabarhub

सिरहा २ बाट पनि प्रचण्डको नाम सिफारिस


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आसन्न प्रतिनिधिसभा, प्रदेससभाको निवार्चनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति सिरहाले उम्मेदवार टुङ्गो लगाएको छ । सिरहा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरिएको छ ।

माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि दशमीलाल चौधरी र आशानन्द यादवलाई सिफारिस गरेका छन् । प्रदेशसभा १ (क) बाट विजयकुमार गुप्ता, खडगनारायण चौधरी र नथुनी महतो सिफासिस गरेको छ । प्रदेशसभा १ (ख) बाट हेमन्तकुमार यादव, महादेव चौधरी र उमेश यादवलाई सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सुरेशचन्द्र दासलाई सिफारिस गरिएको छ । प्रदेशसभा २ (क) बाट जीवछ यादव र अरविन्द यादव, प्रदेशसभा २ (ख) बाट सुनिताकुमारी महतो, हरिनारायण चौधरी, विष्णु न्यौपाने र मुक्तिनारायण सिंहको नाम सिफारिस गरेको छ । सिरहा क्षेत्र नं. २ मा मोओवादी केन्द्रबाटै सुरेशचन्द्र दास यादव निर्वाचित भएको थिए ।

निर्वाचन क्षेत्र नं ३ बाट विश्वनाथ साहको एकल नाम सिफारिस गरिएको छ । प्रदेशसभा ३ (क) बाट जगतप्रसाद यादव र तेजेन्द्र लामा, प्रदेशसभा ३ (ख) बाट महेश यादव र चन्देश्वर यादवको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नं। ४ बाट महेन्द्र पासमान र अजयशङ्कर नायकको नाम सिफारिस गरिएको छ भने प्रदेशसभा ४ (क) बाट दिलीप साह, प्रदीप तिवारी, कुसेश्वर साह र धनीकलाल यादवको नाम सिफारिस गरिएको हो । प्रदेशसभा ४ ९ख० बाट कसैको नाम सिफारिस नगरिएको जनाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : ०८ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण