डेँगीबाट बच्न सचेतना र्‍याली « Khabarhub

डेँगीबाट बच्न सचेतना र्‍याली


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – महामारीको रूपमा फैलिरहेको डेँगी रोग नियन्त्रणका लागि विभिन्न संस्थाले शनिबार भक्तपुरमा सचेतना र्‍याली निकालेका छन् । नेपाल स्काउट बागमती प्रदेश, भक्तपुर नगरपालिका, स्थानीय स्काउट समितिको आयोजनामा शनिबार सचेतना र्‍याली निकालिएको हो ।

र्‍यालीमा स्थानीय स्काउट पदाधिकारी, प्रदेश, स्काउट लिडर, राष्ट्रिय प्रशिक्षक, रोभर, रेन्जरहरूका साथै भक्तपुर नगरभित्रका दुई सय ९० जना स्काउट छात्रछात्राको सहभागिता रहेको थियो ।

र्‍याली भक्तपुर स्काउट भवनबाट सुरु भएको थियो । र्‍यालीले नगर परिक्रमा गरेको थियो । र्‍याली दरबारस्कायर, चोछे, भोलाछेँ, सूर्यमढी, तचपाल, इनाचो, गोल्मढी पुगेको थियो । त्यहाँबाट पुनः सुकुलढोका, टौमढी, नासमना, तेखाचो, ईटाछेँ हुँदै पुनःदरबारस्कायरमै विसर्जन भएको थियो ।

र्‍यालीमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट उपलब्ध गरिएको डेँगी रोगबाट बच्न गर्नुपर्ने उपाय उपचारबारेमा उल्लेखित पर्चा वितरण गरिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ८ : १० बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण