काभ्रेमा ६ पदका लागि ६७ जनाको मनोनयन, २ मा गोकुल बाँस्कोटा बलिया उम्मेदवार « Khabarhub

काभ्रेमा ६ पदका लागि ६७ जनाको मनोनयन, २ मा गोकुल बाँस्कोटा बलिया उम्मेदवार


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काभ्रे – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काभ्रेपलाञ्चोकमा छ पदका लागि ६७ ले उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता भएकामध्ये चार प्रदेशसभा सदस्यभन्दा दुई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अधिक रहेको छ । आइतबार गरिएको मनोनयन दर्ताअन्तर्गत जिल्लाको दुई प्रतिनिधिसभा क्षेत्रमा ३३ जनाले उम्मेदवारी दर्ता गरेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा १७ र २ मा १६ ले उम्मेदवारी दर्ता गराएका छन् । दुवै क्षेत्रको प्रदेशसभा (क) र (ख)मा उम्मेदवारी दिने उम्मेदवारको सङ्ख्या र प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या करिब बराबर छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् ।

यस्तै जिल्लाको प्रतिनिधिसभा–१ अन्तर्गतको प्रदेशसभा (क) र (ख) का लागि नौ–नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गतको प्रदेशसभा (क) का लागि छ र प्रदेशसभा (ख) का लागि आठ जनाले उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।

जिल्लाका दुवै क्षेत्रमा सत्ता गठबन्धनमा रहेका दल, एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपालगायतका नेताले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का सूर्यमान दोङ, एमालेका तर्फबाट रेशम लामालगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा (क) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रत्न ढकाल, एमालेका तर्फबाट दिलीप लामा, प्रदेशसभा (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका तीर्थ लामा, एमालेका तर्फबाट चन्द्रबहादुर लामालगायतले उम्मेदवारी दर्ता गराए ।

यसैगरी प्रतिनिधीसभा क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट कांग्रेसका शिवप्रसाद हुमागाईँ, एमालेका तर्फबाट गोकुलप्रसाद बाँस्कोटाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रअन्तर्गत प्रदेशसभा (क)मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल, एमालेबाट कुमार खकुरेल, प्रदेशसभा (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका कञ्चनचन्द्र बादे र एमालेबाट कुमार थापाले उम्मेदवारी दर्ता गराए ।

जिल्लामा हालै दर्ता नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा बसुनारायण श्रेष्ठ र २ मा दिनेश हुमागाईँले उम्मेदवारी दिएका छन् । केही साना दलका नेताले भने स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गरे । काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि ३० दलले निर्वाचन चिह्नका लागि निवदेन दर्ता गरेका थिए ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार यही असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्लामा यही असोज १५ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन् । एक सय ९० मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : २७ बजे

सरकारका प्रवक्ताको जवाफ : सुकुम्बासी बस्ती हटाउने निर्णय भएको छैन

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुम्बासी हटाउने तयारी गरिरहेका

चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्तिे

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार, धम्की

खानेपानी परियोजनालाई एडीबीबाट ऋण लिन वार्ता टोली गठन गरिने

काठमाडौं – सरकारले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि

बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण

इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा

सरकारी विज्ञापन निर्णयविरुद्ध पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई