काभ्रेमा ६ पदका लागि ६७ जनाको मनोनयन, २ मा गोकुल बाँस्कोटा बलिया उम्मेदवार | Khabarhub Khabarhub

काभ्रेमा ६ पदका लागि ६७ जनाको मनोनयन, २ मा गोकुल बाँस्कोटा बलिया उम्मेदवार


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काभ्रे – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काभ्रेपलाञ्चोकमा छ पदका लागि ६७ ले उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता भएकामध्ये चार प्रदेशसभा सदस्यभन्दा दुई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अधिक रहेको छ । आइतबार गरिएको मनोनयन दर्ताअन्तर्गत जिल्लाको दुई प्रतिनिधिसभा क्षेत्रमा ३३ जनाले उम्मेदवारी दर्ता गरेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा १७ र २ मा १६ ले उम्मेदवारी दर्ता गराएका छन् । दुवै क्षेत्रको प्रदेशसभा (क) र (ख)मा उम्मेदवारी दिने उम्मेदवारको सङ्ख्या र प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या करिब बराबर छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् ।

यस्तै जिल्लाको प्रतिनिधिसभा–१ अन्तर्गतको प्रदेशसभा (क) र (ख) का लागि नौ–नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गतको प्रदेशसभा (क) का लागि छ र प्रदेशसभा (ख) का लागि आठ जनाले उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।

जिल्लाका दुवै क्षेत्रमा सत्ता गठबन्धनमा रहेका दल, एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपालगायतका नेताले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का सूर्यमान दोङ, एमालेका तर्फबाट रेशम लामालगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा (क) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रत्न ढकाल, एमालेका तर्फबाट दिलीप लामा, प्रदेशसभा (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका तीर्थ लामा, एमालेका तर्फबाट चन्द्रबहादुर लामालगायतले उम्मेदवारी दर्ता गराए ।

यसैगरी प्रतिनिधीसभा क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट कांग्रेसका शिवप्रसाद हुमागाईँ, एमालेका तर्फबाट गोकुलप्रसाद बाँस्कोटाले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रअन्तर्गत प्रदेशसभा (क)मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल, एमालेबाट कुमार खकुरेल, प्रदेशसभा (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका कञ्चनचन्द्र बादे र एमालेबाट कुमार थापाले उम्मेदवारी दर्ता गराए ।

जिल्लामा हालै दर्ता नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा बसुनारायण श्रेष्ठ र २ मा दिनेश हुमागाईँले उम्मेदवारी दिएका छन् । केही साना दलका नेताले भने स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गरे । काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि ३० दलले निर्वाचन चिह्नका लागि निवदेन दर्ता गरेका थिए ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार यही असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्लामा यही असोज १५ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन् । एक सय ९० मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : २७ बजे

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको

रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

रुपन्देही – रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७

अन्तिम मिनेटमा सम्हालिन नसक्दा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं – साफ यू –२० महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना