च्यारिटीका लागि सगरमाथा आरोहणमा अभिनेत्री दिया « Khabarhub

च्यारिटीका लागि सगरमाथा आरोहणमा अभिनेत्री दिया


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म ‘वीरविक्रम’बाट नेपाली रजतपटमा पाइला चालेकी अभिनेत्री दिया पुनले सगरमाथा आरोहण गर्ने भएकी छन् । उनले यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी छन् ।

बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत रहँदा दियाले त्यहाँका सहकर्मीको मानसिक स्वास्थ्यलाई नजिकबाट नियालेकी थिइन् । निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेकी उनले नर्सहरुको मानसिक स्वास्थ्यमा सहयोग पुर्‍याउनका लागि आरोहण गर्न लागेको बताइन् ।

उनले सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने भएकी छिन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फस्ट रहेका छन् ।

दिया अभिनित फिल्म ‘मन्त्र’ यही माघ २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  २ : २२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको