सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की स्वदेश फिर्ता | Khabarhub Khabarhub

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की स्वदेश फिर्ता


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आयोजनामा रुवाण्डाको राजधानी किगालीमा भएको विश्व दूरसञ्चार विकास सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन्।

मन्त्री कार्की सम्मेलनमा भाग लिएर शनिबार अपराह्न स्वदेश फर्किएका हुन्। स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले सरकारले विभिन्न कठिनाइकाबीच सन् २०२५ सम्म दूरसञ्चार सबै नेपालीको पहुँचमा पुर्‍याउनु प्रतिबद्धता सरकारको तर्फबाट व्यक्त गरेको बताए । नेपाली जनतालाई अहिलेको सञ्चार प्रविधिबाट लाभान्वित गराउनका लागि प्रयत्न जारी राख्ने उनको भनाइ छ । भ्रमणका क्रममा अन्य देशका समकक्षीसँग भेट गरेको र नेपाल प्रति सद्भाव प्रकट भएको मन्त्री कार्कीले जानकारी दिए।

सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री कार्की यही जेठ २० गते त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ७ : ५२ बजे

पोखराका विद्यालय असोज १ गतेदेखि खुल्ने

गण्डकी– ‘जेन-जी’ प्रदर्शनका कारण बन्द भएका पोखरा महानगरपालिकाका विद्यालय आगामी

तुलसीपुर कारागारबाट भागेका ७१ कैदी पक्राउ

दाङ– यहाँको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको

रवि लामिछाने जेल फर्कने

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट

दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको