चिनियाँ कम्युनिष्ट पार्टीका लिउले आज शीर्ष नेतासँग भेट गर्दै « Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टीका लिउले आज शीर्ष नेतासँग भेट गर्दै


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियान्चाओ नेतृत्वको टोली बिहान साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित वीपी संग्रहालयको अवलोकनमा जाने भएको छ।

त्यहाँबाट फर्केपछि टोली शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनेछ। त्यसपछि आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् ।

प्रचण्डसँग होटल सोल्टीमा अपराह्न ४ बजे भेटघाटको तयारी छ। त्यसपछि सोही होटलमा चिनियाँ पाहुनाको सम्मानमा माओवादी अध्यक्षले रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ।

आइतबार नेपाल भ्रमणमा आएका चियान्चाओले आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरिसकेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख चियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका थिए ।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता हुनेछ।

भ्रमणको अन्तिम दिन बुधबार बिहान चिनियाँ पाहुना टोली बिहान ९ बजे बूढानीलकण्ठ नगरपालिका जाने कार्यक्रम छ।

सोही दिन शीतलनिवास बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता हुनेछ।

त्यसै राति सवा ११ बजे चिनियाँ टोली चार दिनको नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्कने कार्यक्रम छ।

प्रधानमन्त्रीको अमेरिका भ्रमण तय भइसकेपछि चिनियाँ उच्च नेतृत्वको भ्रमणलाई विशेष रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : २४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर