अछाममा सडक र पुल निमार्णको लागि ७४ करोड बजेट  « Khabarhub

अछाममा सडक र पुल निमार्णको लागि ७४ करोड बजेट 


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन गरेको छ ।

अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्की पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउन बजेट विनियोजन गरेको हो ।

जयगढ–माझेठाना– रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुटाएको पूर्वाधार विकास कार्यालय अछामले जानकारी दिएको छ ।

चिसापानी– जंगलघाट बाजुराको बडीमालिका जोड्ने सडकमा १४ करोड छुटाएको छ  । भौतिक पूर्वाधार विकास मन्त्रालयले विनायक–लयाटी –पुल्लेलोला– रामारोशन सकडर चिसापानी–जंगलघाट –ऋषिदह–वाजुराको बडिमालीका सडक (गैरिटाँड–कालागाउँ–दर्ना खण्ड) ५/५ करोड विनियोजन गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ११ : १५ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ