प्रभावकारी बन्दै नियमित बजार अनुगमन « Khabarhub

प्रभावकारी बन्दै नियमित बजार अनुगमन


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- तेह्रथुम सदरमुकामलगायत बजारमा केही समय अघिसम्म म्याद गुज्रेका वस्तुहरू छ्यापछ्याप्ती पाइने गरेको थियो । लामो समयसम्म बजार अनुगमन नहुनु ग्राहक र व्यवसायीलाई म्याद गुज्रेको वस्तुमा ध्यान नपुग्नुका कारण यस्तो हुँदै आएको हो ।

तर, पछिल्लो समय जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार नियमित अनुगमन हुन थालेपछि म्याद गुज्रेका वस्तुहरू न्यूनीकरण हुँदै गएको तेह्रथुम जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बूले बताए ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको नियमित अनुगमन प्रभावकारी बन्न थालेको हो । नियमित रूपमा बजार अनुगमन हुन थालेपछि व्यवसायीहरूले म्याद गुज्रेको वस्तुलाई व्यवस्थापन गर्ने गरेका छन् ।

बजार केन्द्रहरूमा नियमित अनुगमनलाई निरन्तरता दिँदै जाने हो भने व्यवसायी र ग्राहकसमेत सचेत बन्दै जाने व्यवसायी चुडामणि जोशीले बताए । उनी भन्छन्, ‘बजारलाई सकेसम्म मासिक नभए पनि तीन महिनामा एक पटक अनुगमन गर्न आवश्यक छ । ग्राहकहरूले म्याद रहेको खाद्यवस्तु मात्रै पाउनेछन् ।’

अघिल्लो अनुगमनमा पाइएको प्रतिवेदनका आधारमा पछिल्लो समय सुधार हुँदै गएको हो । लामो समयसम्म अनुगमन नभएका फेन्सी तथा हार्डवेयर पसलहरूमा म्याद सकिएका वस्तु भेटिएको टोलीले जनाएको छ । नियमित बजार अनुगमनलाई निरन्तरता दिँदै उद्योगी व्यवसायीहरूलाई सल्लाह र परामर्श दिँदै आएको घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका प्रमुख कृष्णप्रसाद पौडेलले बताए ।

जिल्ला सदरमुकाम म्याङलुङ, जिरीखिम्ती बजार, लसुने,बसन्तपुर बजार, छथर शुक्रबारे, पोक्लाबाङ बजार, मोराहाङ बजार, आठराई संग्रान्तीलगायतका बजारमा अनुगमन हुँदै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ११ : ५५ बजे

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष