मनोहरा बाढी : ७५ लाख बराबरको क्षति | Khabarhub Khabarhub

मनोहरा बाढी : ७५ लाख बराबरको क्षति


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- काठमाडौँ र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा मंगलबार राति आएको बाढीले रु ७५ लाख बराबरको क्षति भएको छ । बाढीले सुकुम्वासी बस्ती, खोला आसपासका अन्य बस्ती, काँडा घारी प्रहरी प्रभाग, दिव्यश्वरी जग्गा एकीकरण आयोजनाभित्रका विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ ।

सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले बाढीपीडित बस्तीको अवलोकन गरी पीडितको समस्याको तत्काल सम्बोधन गर्न सरकारसँग  माग गरे।

यसैगरी मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठ सहितको टोलीले दिव्यश्वरी जग्गा एकीकरण आयोजना, मनोहरा सुकुम्वासी बस्तीलगायतको बाढीपीडित क्षेत्रमा अवलोकन गरी क्षतिको बारेमा जानकारी लिए।

भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बाढीग्रस्त क्षेत्रको अवलोकन गरी क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरे। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बाढीले बङ्गुर, हाँस, कुखुरा लगायतका पशु चौपया बगाउँदा र खाद्यान्न डुबानमा रु ७५ लाख बराबरको क्षति पुगेको जानकारी दिए।

यसबाहेक सुकुम्वासी बस्तीकै पाँच घर भत्किएको, दिव्यश्वरीको एक घर बगाएको, काँडा घारी प्रहरी प्रभागको मेस नै भत्किएको, दिव्यश्वरी आयोजनाका खोला किनाराको कालोपत्र सडक नै कतै बगाएको र कतै चिरिएर भासिएको उनले जानकारी दिए।

खोला किनारामा रहेको काठमाडौँ तर्फ पाँच घर बगाएको छ । बस्तीमा पानी पसेपछि नेपाल रेडक्रस सोसाइटी भक्तपुरको विपद् व्यवस्थापन टोली राति नै परिचालन भएर बाढीपीडित क्षेत्रमा राहत वितरण तथा उद्धार कार्य गरेको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिए।

रेडक्रसकर्मी धर्मराज कार्कीको नेतृत्वमा रातिबाट नै स्वयंसेवक टोली परिचालन गरी खोज तथा उद्धारलगायतका काम गरेको, बुधबार दिउँसो क्षतिको विवरण सङ्कलन गरेको र आज राहत वितरण गर्ने कार्य अगाडि बढाएको सभापति थापाले जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका कार्यालय प्रमुख उमा थापाले रेडक्रसले गरेको क्षति विवरण सङ्कलनमा सुकुम्वासी बस्तीमा पाँच , बस्ती भन्दामाथि ११ गरी १६ घर तथा टहरा भत्किएको, सुकुम्वासी बस्तीको ३०० घर टहरामा क्षति पुगेको, जस्ताले काटेर एक जना घाइते भएको र खानेपानीको अभाव रहेको बताइन्।

उनले भनिन्, “सुकुम्वासी बस्तीमा बाढी पसेपछि हैजाको सङ्क्रमणको जोखिम बढेको छ, त्यहाँ ट्युबवेलबाट निकालेको पानी परीक्षण गर्दा पिउनयोग्य छैन, पानी शुद्धीकरणका लागि यसअघि पनि रेडक्रसले सहयोग गरेको थियो, बाढी पसेपछि पानी झन् खराब भएको छ, त्यसैले त्यहाँ हैजाको सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको छ ।”

सुकुम्वासी बस्तीभित्र टहरा र एक तले घर भएका करिब ३०० घरमा खाद्यान्न, लत्ताकपडा र सुत्ने ओछ्यानसमेत अभाव भएको जनाउँदै उनले रेडक्रसले आज  खाद्यान्न, गैर खाद्यान्न सामग्री राहत स्वरुप वितरण गर्ने बताइन्।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  १२ : ४१ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट