हेटौँडाका पाँच व्यावसायिक फार्म कारबाहीमा « Khabarhub

हेटौँडाका पाँच व्यावसायिक फार्म कारबाहीमा


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले तोकिएको कानुनविपरीत तथा उपभोक्ताको हितविरुद्ध कारोबार गर्ने हेटौँडाका पाँच व्यावसायिक फार्मलाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको नेतृत्वमा  हेटौँडा बजार अनुगमनका क्रममा खटिएको टोलीले उक्त व्यवसायीलाई जरिवाना गरेको हो ।

उनका अनुसार अनुगमनका क्रममा अनुमतिबिना सञ्चालन, अखाद्य वस्तुको प्रयोग, अस्पतालमा  क्षमताभन्दा बढी शय्या राख्ने, होटलमा सरसफाइ नभएको, अस्वस्थ खानेपानीको प्रयोग भएको र बिक्री मूल्यमा कमी- कमजोरी पाइएपछि  कारबाहीस्वरूप जरिवाना गरिएको हो ।

हेटौँडा बजारमा रहेका र कारबाहीमा परेका  आँगन स्वीटस् एण्ड फास्टफुडलाई २० हजार, राजधानी स्वीटस्लाई २० हजार, अल्फा डेन्टललाई पाँच हजार, इपिपी  जनरल अर्डर सप्लायर्सलाई १५ हजार न्यू यु एण्ड आइ सुसेन्टरलाई १० हजार जरिवाना गरिएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै अनुमतिविपरीत सञ्चालनमा रहेका नेशनल पोलिक्लिनिक बन्द गराइएको तथा एक हप्ताभित्र अनुमति लिन निर्देशन दिइएको सहायक प्रजिअ गैरे जानकारी दिए। जिल्ला प्रशासन कार्यालयका अनुसार कुल ५४  व्यावसायिक फार्मको अनुगमन भएको थियो । तीमध्ये होटल स्वीटस् तथा फास्टफुड पसल ११ , अस्पताल तथा  स्वास्थ्य संस्था छ, सुपर मार्केट तथा गोदाम घर दुई  हार्डवेय र पसल १० र फेन्सी पसल नौ को अनुगमन भएको थियो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा  विषयगत कार्यालय,  हेटौँडा उपमहानगरपालिका, उद्योग वाणिज्य महासङ्घ तथा उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीसहितको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ३ : ४७ बजे

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

सिन्धुपाल्चोक– तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

मानव अधिकार अनुसन्धानमा दोहोरोपना रोक्न संयुक्त संयन्त्र बनाएको छौ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले मानव