भुवन केसीविरुद्ध सर्वोच्चमा रिट  « Khabarhub

भुवन केसीविरुद्ध सर्वोच्चमा रिट 


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ ।

विकास बोर्डको अध्यक्षका प्रत्याशीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले नेपाली केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार दिउँसो ३ बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो । रिटमाथि सोमबार पेसी तोकिएको छ ।

केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुर्व्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले केसीविरुद्ध रिट निवेदन दायर भएको जानकारी दिए । ‘उहाँ (भुवन केसी) विरुद्ध रिट निवेदन दायर भएको छ, कागजपत्र हेर्दैछु,’ पौडेलले न्युज कारखानासँग भने ।

केसीको शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तीर्ण मात्र छ । तर, विकास बोर्ड अध्यक्षका लागि स्नातक तह उत्तीर्ण हुनुपर्छ । केसीविरुद्ध अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले काठमाडौं जिल्ला अदालतमा हालेको दुव्र्यवहारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ । केसीविरुद्ध विकास बोर्डमै दर्जनौं उजुरी परेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ४ : १८ बजे

प्रियंकाको फिल्म ‘मास्टर्नी’ १६ वर्षमाथिकाले मात्रै हेर्न मिल्ने

काठमाडौं – नायिका प्रियंका कार्कीको होम ब्यानरमा बनेको फिल्म ‘मास्टर्नी’

‘गगन थापाको नेतृत्व स्वीकारेर देउवा दाइ अभिभावक बनून्’

काठमाडौं- गत पुसको अन्तिम साता आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि

जेन-जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न समिति गठन

काठमाडौं– सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका

खगेन्द्र सुनारको व्यवहारप्रति आपत्ति जनाउँदै सभामुखलाई भेट्न पुगे आईजीपी कार्की

काठमाडौं-सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)