अब नेपाल वायुसेवाको उडान दोहा विमानस्थलबाट हुने  « Khabarhub

अब नेपाल वायुसेवाको उडान दोहा विमानस्थलबाट हुने 


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दोहा–काठमाडौँ–दोहा उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ । अहिले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण भइरहेको छ । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमको उडानलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा परिवर्तन गराएको हो ।

१५ सेप्टेम्बरदेखि ३० डिसेम्बर २०२२ सम्म निगमले दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने भएको हो । यो कतारको पुरानो अन्तर्राष्ट्रिय विमानस्थल हो । कतार विश्वकपको संघारमा छ । विश्वकपका बेला हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्ने भएपछि उसले पुरानो विमानस्थललाई समेत प्रयोगमा ल्याएको हो ।

नेपाललगायत अन्य एसियाली मुलुकका लागि हुने उडानहरू पुरानो विमानस्थलबाट गराउने कतारको तयारी छ। यस्तै, विश्वकप अवधिभर कतारले नेपाललगायतका एसियाली मुलुकमा उडान संख्या पनि घटाउने भएको छ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ४ : १५ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना