जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी सेवा बन्द  « Khabarhub

जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी सेवा बन्द 


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

खोटाङ- जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको छ । एनेस्थेसिया सहायक (अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) अस्वस्थ भएर उपचारमा बसेका कारण अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको हो । आइतबार जिल्ला अस्पतालले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गरिएको जानकारी दिएको छ ।

शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पतालमा एक एनेस्थेसिया सहायकको दरबन्दी छ । कार्यरत एनेस्थेसिया सहायकको दुर्घटनामा खुट्टा भाँचिएर उपचारमा बस्नु परेकाले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गर्नुपरेको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी सेवा बन्द भएको जानकारी दिँदै वैकल्पिक सेवाको व्यवस्थापनमा लाग्ने सचेतताका लागि सूचना जारी गरिएको हो । तत्कालका लागि सट्टामा राख्ने जनशक्ति समेत नपाइने भएकाले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ ।

इमरजेन्सीका बेला केही समय जिल्ला अस्पतालकै डाक्टरमार्फत एनेस्थेसियाको काम गराउने प्रयास भएको थियो तर अधिक जोखिम भएकाले सेवा नै बन्द गर्नुपरेको जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ५ : १८ बजे

सिफारिस भएर आएका नामहरूलाई केन्द्रमा पठाउने कांग्रेस लुम्बिनीको निर्णय

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा

लुटपाट गरिएका हातहतियार बेवारिसे भेटिए

झापा – यहाँको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री