खाना पकाउने ग्यासभन्दा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो « Khabarhub

खाना पकाउने ग्यासभन्दा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विद्युतकाे निरन्तरता एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलब्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनीकरण गर्न सकिने सुझाव सहभागी वक्ताहरूले दिएका छन् ।

राष्ट्रिय योजना आयोग काठमाडौँ र क्लिन कुकिङ एलाइन्सद्वारा संयुक्तरूपमा आज यहाँ आयोजित ‘खाना पकाउने स्वच्छ विद्युतीय ऊर्जाको प्रवद्र्धन’ विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले प्रदेश सरकार र स्थानीय निकायले ग्रामीण क्षेत्रका ६० प्रतिशत र सहरी क्षेत्रमा २० प्रतिशत धरधुरीले गरिरहेको दाउराको प्रयोगलाई निरुत्साहित गर्न विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

उनहरुले स्वदेशी विद्युतीय उत्पादनको प्रयोगबाट मुलुकमा प्रत्येक वर्ष रु ६० अर्ब बराबरको विदेशी मुद्रा खर्च गरी ल्याउने खाना पकाउने ग्यास न्यूनीकरण गर्न सकिने बताए ।

सहभागीहरूले विराटनगर महानगरपालिका क्षेत्रको दुई किलोमिटर भित्री स्थानमा अहिले पनि खाना पकाउनका लागि गुइँठालाई इन्धनका रूपमा प्रयोग भइरहेकोले सो कार्यलाई निरुत्साहित गर्न विद्युतीय चुल्होसहित विद्युत्मा विशेष सहुलियत दिनुपर्ने सुझाव दिए ।

छलफलमा प्रदेश नं १ खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव नवीनराज सिंह, प्रदेश योजना आयोगका सदस्य ज्ञानेन्द्रबहादुर कार्की, सचिव जयकुमार घिमिरे र ऊर्जाविज्ञ मोहन दासलगायतले प्रदेश सरकारले गत वर्ष १२ स्थानीय पालिकामा विद्युतीय चुल्हो प्रदान गरेको भन्दै सहरी क्षेत्रका होटल व्यवसायी एवं घरधनीलाई विद्युतीय चुल्हो प्रयोग गर्नका लागि करलगायत छुट दिनुपर्ने सुझाव दिए ।

एलाइन्सका नेपाल प्रमुख करुणा बज्राचार्यले खाना पकाउन स्वच्छ ऊर्जा कार्यक्रम र नीति विज्ञ पुरुषोत्तम घिमिरेले सङ्घ, प्रदेश र स्थानीय सरकार स्वच्छ ऊर्जा कार्यक्रम विषयक अवधारणापत्र प्रस्तुत गरेका थिए । छलफलमा होटल व्यवसायी राजन श्रेष्ठ, सरस्वती गुरुङ, सरिता खनाल, प्रदीप बुढाथोकीलगायतले जनताको मागअनुसार स्वदेशमा विद्युतीय चुल्हो निर्माण गर्नु पर्ने बताए ।

नेपालमा ६८ लाख धरधुरी रहेको र वार्षिक २२ हजार मानिस खाना पकाउन इन्धनको प्रयोग गरिने दाउरा र गुईंठाको धुवाँबाट मृत्यु हुने गरेको सोही अवसरमा जानकारी दिइयो । खाना पकाउनका लागि ग्यासको तुलनामा विद्युतीय ऊर्जा ५० प्रतिशत सस्तो हुनका साथै मुलुकलाई आत्मनिर्भर बनाउन यसको प्रयोगका लागि अभियानका रूपमा सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ९ : ५९ बजे

आहा रारा गोल्डकप : उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै

कास्की– मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा

आर्थिक वृद्धिको अङ्क देखाउन दलमा प्रतिस्पर्धा, के छन् आधार ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

सिरहा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप