विस्थापित बाढीपीडित भन्छन् -‘रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ’ « Khabarhub

विस्थापित बाढीपीडित भन्छन् -‘रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ’


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खजुरा – बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छन्। उनी बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित छन्।

उनलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेङ्गु सङ्क्रमणको अर्को चिन्ताले पिरोलेको छ। ‘चिसो भुइँमा एउटा ओछ्याउन लगाउनुहुन्छ, अनि सुन्छन् त्यसपछि लामखुट्टेले उहाँहरुलाई सुत्नै दिँदैन’, रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ’, उनी भन्छन्।

अर्का बाढीपीडित शोभा बुढाको पीडा पनि उस्तै छ। यतिबेला उनी पनि एडिज एजिप्टाइ र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणको जोखिममा छिन्। उनले भनिन्, ‘घरमा झुल थियो, बाढीले बगाइदिँदा ल्याउनै पाइनँ, अहिले लामखुट्टेका कारण हैरानी खेपेको छु।’ उनीहरू मात्र होइन बाढीपीडित कमानसिंह ठकुरी, धनबहादुर तामाङ, कौशिला थापा र रञ्जिता थापासँगै बाढीका कारण विस्थापित भएकाहरू सबै जना डेङ्गुको जोखिममा परेका छन्।

नालासँगै जोडिएको शोभाको घर हेर्न लायक छैन। यतिबेला उनको घर डुबिसकेको छ, ‘घरबाट केही सामान ल्याउन पाइएन’, उनले भनिन्, ‘यहाँ व्यवस्था पनि राम्रो छैन, बिहानको खानलाई मात्र चामल र तरकारी मात्र छ। साँझलाई चामल, तरकारी छैन।’

यहाँ झुलसहित लामखुट्टे धपाउने धुप भए सहज हुने बाढीपीडित कौशिलाले बताइन्। ‘झुलको व्यवस्था हुनुपर्छ’, उनले भनिन्, ‘नत्र हामी सबै डेङ्गु सङ्क्रमणको सिकार हुन्छौँ।’ लगातार भइरहेको वर्षाका कारण विद्युत्समेत अनियमित हुँदा थप समस्या झेल्नुपरेको उनले सुनाइन्। बत्ती भएको भए त्यति धेरै लामखुट्टे लाग्ने थिएनन्’, उनले भनिन्, ‘बत्ती पनि हुँदैन, आफ्नो झुल बाढीले बगाइसक्यो, अरू कसैले सहयोग गरेका छैनन्।’ बाढीपीडितहरूले डेङ्गु सङ्क्रमणको जोखिममा परेको भन्दै तत्काल झुलको व्यवस्था हुनुपर्ने माग गरेका छन्।

यतिबेला आश्रय लिएको विद्यालय प्राङ्गणमा खाल्डाखुल्डी भई पानी जम्दा लामखुट्टे बढी देखिएको बाढीपिडितको भनाइ छ। वडा तथा पालिका सरकारले तत्काल डेङ्गु सङ्क्रमणबाट बचाउन झुल वितरण गर्नुपर्ने बाढीपीडितको भनाइ छ। अहिले यहाँ करिब ३०–४० घरपरिवार विस्थतपित भइ आश्रित रहेका छन्।

ज्येष्ठ नागरिक र गर्भवतीलाई समस्या

चिसोका कारण बाढीपीडित वृद्धवृद्धा र बालबालिका बिरामी हुन थालेका छन्। घरमा बाढी पसेपछि विद्यालयमा आश्रित वृद्धवृद्धा र बालबालिका बिरामी हुन थालेका हुन्। चिसो हुँदा वृद्धवृद्धा र बालबालिकालाई ज्वरोले सताउन थालेको छ। चिसोले ज्वरो आई बिरामी भएको कमानसिंह ठकुरीले बताए।

उनले भने, ‘चिसो भुइँमा सुत्नुपर्छ, बूढो पनि भइयो, शरीरले चिसो पचाउन सक्दैन त्यसैले पनि होला, ज्वरो आएर थलिएको छु।’ न्यानो बसाइँ नहुनु र खानपिनको समस्याका कारण आफू बिरामी भएको धनबहादुर तामाङले बताए। उनले भने, ‘बाहिर पानी रोकिएको छैन, स्वास्थ्योपचार गर्न कहाँ जानु।’

साथै यहाँ रहेका सुत्केरी र गर्भवतलाई समेत समस्या हुँदै आएको छ। यतिबेला चिसोबाट बच्नुपर्ने र पौष्टिक र झोलिलो खानेकुरा खानुपर्ने समयमा उनीहरू त्यसबाट बञ्चित भएका छन्। यसैबीच विस्थापित बाढीपीडितलाई स्वास्थ्यलगायतका समस्या देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाले समस्याका बारेमा जानकारी लिने भएको छ। त्यहाँको समस्याबारे अध्ययन गरी स्वास्थ्योपचार गर्ने स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए।

उनले भने, ‘अश्रयस्थलमा बसेका बाढीपीडितलाई डेङ्गुको जोखिम बढेको छ भने अन्य स्वास्थ्य समस्या भएको जानकारी आएको छ, त्यसका लागि स्वास्थ्य टोलीमार्फत समस्या समाधान गर्नेछौँ।’

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : ०० बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र