अभिनेता विपिन भन्छन्–अनिल कपूरबाट केही सिक्नेछु « Khabarhub

अभिनेता विपिन भन्छन्–अनिल कपूरबाट केही सिक्नेछु


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’मा चाँडै अभिनय गर्दैछन् । उनी यो फिल्ममा अभिनयका लागि आगामी जुलाई, अगष्टमा मुम्बई जाँदैछन् । फिल्ममा उनको अधिकांश दृश्य अभिनेता अनिल कपुरसँग हुनेछ ।

विपिन आफैं अभिनेता अनिलको फ्यान हुन् । विपिनले अनिल अभिनित फिल्म ‘मिष्टर इण्डिया’ देखि लिएर ‘वेलकम’ सम्म हेरेका छन् । उनकै भनाईमा अनिलको फिल्म नछुटाई हेर्छन् ।

‘निर्माण पक्षले मलाई ‘एनिमल’को भूमिकाबारे विस्तृत बताएको छैन । तर अधिकांश भूमिका अनिल कपुरसँग छ भनिएको छ’, विपिनले खबरहबसँग भने, ‘अनिल कपुरको विशेषता के हो भने उहाँ कुनै न कुनै कोणबाट आफ्नो छाप छोडिरहनुहुन्छ । ठूलो होस् वा सानो भूमिका, जुनसुकै चरित्रमा पनि उहाँले छाप छोड्नुभएको छ ।’

विपिनका अनुसार अनिलको अभिनयबाट उनी प्रभावित भन्दा पनि उनको अभिनय शैलीको फ्यान हुन् । ‘उहाँको काम गर्ने शैली मनपर्छ । त्यसकारण अनिल कपूरबाट केही सिक्नेछु’, उनले भने ।

‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबीर सिंह’का निर्देशक सन्दिप रेड्डी भांगाले निर्देशन गर्ने फिल्ममा अनिल र विपिनसँगै रणवीर कपूर, बबी देओल र परिणीति चोपडाको पनि अभिनय रहनेछ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ३ : ५४ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी