पृथ्वीराजमार्ग खण्डमा दुई हजार दुई सय रूख कटान « Khabarhub

पृथ्वीराजमार्ग खण्डमा दुई हजार दुई सय रूख कटान


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेपुलसम्म दुई हजार दुई सय रूख कटान गरिएका छन् । म्याग्दे गाउँपालिकाको जामुनेदेखि जिल्लाको पश्चिम नाका शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्म सडकका दायाँबायाँ रहेका रूख कटान गरिएका हुन् ।

पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा असर पुर्‍याएका रूख कटान गरेर हटाइएको सुपर भिजन कन्सल्टेन्सका एसिस्टेन्ड रेजिडेन्ट इन्जिनियर मोहन केसीले जानकारी दिए । करिब १२ रूख कटान गर्न बाँकी रहेका बताइएको छ ।

उनले भने, “बिजुलीको हाइटेन्सनका कारण उक्त रूख कटान गर्ने कार्य रोकिएको हो ।” पृथ्वीराजमार्गअन्तर्गत कास्कीमा पर्ने सडकको दायाँबायाँका पूरै रूख कटान गर्न बाँकी रहेको जनाइएको छ ।

वन कार्यालयसँग सम्झौता गरिसकिएकाले केही दिनभित्रै कटान कार्यलाई अघि बढाउने तयारी भइरहेको उनले बताए । शुक्लागण्डकीको गाछेपानीदेखि थर्पुबजारसम्म स–साना खाल्डाखुल्डी पुर्ने र नाला सफाइ गर्ने कार्य सम्पन्न भएको छ ।
त्यसैगरी मर्मतसम्भारअन्तर्गत गाछेपानीदेखि कोत्रेपुलसम्म कालोपत्र गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी पछिल्लो समय सडको रुट तय गर्ने र समयसमयमा मर्मत गर्नुपर्ने कार्यलाई निरन्तरता दिइँदै आएको उनले जानकारी दिए । जिल्लाको खैरेनीटारदेखि पोखराको सेतीनदीसम्म (ठूला बजार) क्षेत्रमा ४६ मिटर, सडक फिलिङ गर्नुपर्ने क्षेत्रमा २३ मिटर र फराकिलो बनाउन कटिङ गर्न नमिल्ने क्षेत्रमा १८ मिटर सडक कायम गरिएको छ ।

जामुनेबाट कुम्लेखोला पुलसम्म करिब दश किलोमिटर सडकको डिजाइन गरी ठेकेदारले सुपरभिजन कन्सल्टेन्सलाई बुझाइएको कन्सल्टेन्सका रेजिडेन्ट इन्जिनियर कमल शाक्यले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ७ : ४५ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति