नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको नयाँ अफर « Khabarhub

नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको नयाँ अफर


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ ।

विश्वभर रहेका नेपालीहरूले हर्षोल्लासका साथ पर्वका रूपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर लयाएकाे हो ।

कम्पनीका अनुसार यो अफर भोलि अर्थात् चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ ।

अफरअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिने छ ।

*1415*11# डायल गरी वा ‘ नेपाल टेलिकम एप’ प्रयोग गरी यो सुविधा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

यसका साथै २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जीबीको डाटा प्याक र ५०० रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १२ : ०५ बजे

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य

संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव

काठमाडौं– संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश पाएपछि दुई वर्षसम्म ‘कुलिङ अफ

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन