‘द घोस्ट’ बाट बाहिरिइन् ज्याकलिन « Khabarhub

‘द घोस्ट’ बाट बाहिरिइन् ज्याकलिन


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको जीवन वर्तमान अवस्थामा निकै सकसपूर्ण तरिकाले बितिरहेको छ । महाठग सुकेश चन्द्रशेखरसँग उनको नाम जोडिएपछि ज्याकलिन विवादमा मुछिएकी छन् । जसकारण उनले एउटा ठूलो बजेटको फिल्मबाट बाहिरिइनु परेको छ ।

चाँडै नै सुटिङको तयारीमा रहेको फिल्म ‘द घोस्ट’बाट उनी बाहिरिएकी छन् । यद्यपि के कारणले उनी बाहिरिइन् भन्ने खुलेको छैन । तर सुकेशसँगको सम्बन्धले उनको करियरमा असर परेको उनी निकट स्रोतले बतायो ।

नागार्जुनको फिल्म ‘द घोस्ट’मा ज्याकलिन अघि काजल अग्रवाल अनुबन्धित थिइन् । तर काजल गर्भवती भएपछि उनले यो फिल्मलाई अस्वीकार गरिन् । त्यसपछि उनको स्थानमा ज्याकलिनको चर्चा चलेको थियो । तर निर्माताले अहिलेको अवस्थामा ज्याकलिनलाई लिनु जोखिम मोल्नु जस्तै रहेकाले उनलाई फिल्मबाट हटाउने निर्णय लिए । अहिले निर्माताहरु नयाँ अभिनेत्रीको खोजीमा छन् ।

फिल्मको सुटिङ चाँडै गर्ने भनिए पनि यसमा केही समय लाग्ने बताइएको छ । अभिनेत्री नपाउनु र कोभिडलाई प्रमुख कारण मानिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ७ : १७ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको