‘द घोस्ट’ बाट बाहिरिइन् ज्याकलिन « Khabarhub

‘द घोस्ट’ बाट बाहिरिइन् ज्याकलिन


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको जीवन वर्तमान अवस्थामा निकै सकसपूर्ण तरिकाले बितिरहेको छ । महाठग सुकेश चन्द्रशेखरसँग उनको नाम जोडिएपछि ज्याकलिन विवादमा मुछिएकी छन् । जसकारण उनले एउटा ठूलो बजेटको फिल्मबाट बाहिरिइनु परेको छ ।

चाँडै नै सुटिङको तयारीमा रहेको फिल्म ‘द घोस्ट’बाट उनी बाहिरिएकी छन् । यद्यपि के कारणले उनी बाहिरिइन् भन्ने खुलेको छैन । तर सुकेशसँगको सम्बन्धले उनको करियरमा असर परेको उनी निकट स्रोतले बतायो ।

नागार्जुनको फिल्म ‘द घोस्ट’मा ज्याकलिन अघि काजल अग्रवाल अनुबन्धित थिइन् । तर काजल गर्भवती भएपछि उनले यो फिल्मलाई अस्वीकार गरिन् । त्यसपछि उनको स्थानमा ज्याकलिनको चर्चा चलेको थियो । तर निर्माताले अहिलेको अवस्थामा ज्याकलिनलाई लिनु जोखिम मोल्नु जस्तै रहेकाले उनलाई फिल्मबाट हटाउने निर्णय लिए । अहिले निर्माताहरु नयाँ अभिनेत्रीको खोजीमा छन् ।

फिल्मको सुटिङ चाँडै गर्ने भनिए पनि यसमा केही समय लाग्ने बताइएको छ । अभिनेत्री नपाउनु र कोभिडलाई प्रमुख कारण मानिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ७ : १७ बजे

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर