तातोपानी गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन « Khabarhub

तातोपानी गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

यसबाट दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आवतजावत गर्न सहज भएको छ ।

गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले जनताले सहज स्वास्थ्य सेवा पाउन भन्ने ध्येयले एम्बुलेन्स सेवा सञ्चालन गरिएको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले एम्बुलेन्सबाट वडा नं ७ र ८ का भेरीखेला क्षेत्रका नागरिकलाई बढी राहत पुगेको बताए।

विपन्न नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य छ । सबै वडाका अधिकांश बस्तीमा सडक पुगिसकेको जनाइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : ५९ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा