पाटनको महिला उद्यमी मेला उत्साहमय « Khabarhub

पाटनको महिला उद्यमी मेला उत्साहमय


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाटन – पाटनको नागबहालमा महिला उद्यमी मेलामा फेशन शो लगायत सांस्कृतिक कार्यक्रमका कारण शनिबारको मेला उत्साहमय भएको छ ।

शनिबार साँझ आयोजित सांस्कृतिक कार्यक्रममा अमर चित्रकार, सुदीज बज्राचार्य, अमोग बज्राचार्य, सक्षम शर्मा, बविन राजोपाध्याय,सुनिल बज्राचार्यलगायतले स्टेज तताएका थिए ।

कार्यक्रममा तिरश महर्जनको लाखे नाचले वातावरण जात्रामय भएको थियो भने श्रृति शाक्यको बज्रयोगिनी नाचले सहभागीले मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा ड्रेस डिजाइनरको आकर्षक पहिरनसहित मोडल र्‍याममा उतारिएको थियो । मोडल प्रसिद्धि शाक्य,एञ्जिला शाक्य,सुप्रिया बज्राचार्य,अनुष्का शाक्य, सलोना बज्राचार्य,सुयंका बज्राचार्य,त्रिश्ना शाक्य,प्रियंका बज्राचार्य, सिम्रन शाश्य, रुकिना शाक्य,श्रेया बज्राचार्य लिजला शाक्यले आर्कषक पहिरन पस्केका थिए । फेशन शोमा कोरियोग्राफर शोभा शाक्य र ट्रेनि शनिश शाक्यको डिजाइन प्रस्तुत गरिएको थियो ।

मेलामा फुड स्टल र कला तथा फोटो प्रर्दशनीमा आगन्तुकको भीड लागेको थियो । हस्तकलाको लाइभ डेमोस्ट्रेशन र विभिन्न साँस्कृतिक बाजा हेर्ने स्थानीयको पनि उत्तिकै घुइँचो लागेको थियो ।

ललितपुर महानगर १६ का वडाध्यक्ष निर्माणरत्न शाक्यले कोरोनापछि मेला आयोजना गरेका कारण पाटनबासीको उत्साजनक सहभागिता भएको बताए।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : १० बजे

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय