विभागले गर्‍यो १४ वटा औषधि पसललाई कारबाही « Khabarhub

विभागले गर्‍यो १४ वटा औषधि पसललाई कारबाही


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – औषधि व्यवस्था विभागले माघ महिनामा १४ वटा औषधि पसललाई कारबाही गरेको छ ।

विभागले गरेको निरीक्षणका क्रममा तोकिएको मापदण्ड पालना नगरेको पाइएपछि ती औषधि पसललाई कारबाही गरिएको हो ।

काभ्रे, गोरखा, लमजुङ र तनहुँका ती औषधि पसललाई विभागले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) अनुसार कारबाही गरेको बताएको छ ।

‘निरीक्षकले जाँचबुझ र निरीक्षण गर्न सक्ने प्रावधान राखिएको छ, त्यसको उपदफा ४ (क)मा निरीक्षण पछि परीक्षण गर्दा कुनै औषधि जन असुरक्षित, असरयुक्त र गुणस्तरयुक्त भएको पाइए पनि त्यस्तो औषधि उत्पादन, बिक्री वितरण, सञ्चय परिवहन वा निकासी पैठारी गर्ने व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप गरेको पाइएमा औषधि जफत गरी त्यस्तो व्यक्तिको अनुज्ञापत्र छ महिनासम्म निलम्बन गर्न सक्ने,’ औषधि ऐन २०३५ को दफा २० मा उल्लेख छ ।

विभागका अधिकारीहरूले ती पसलहरूले ऐन नियम विपरीतका गतिविधि गरेको भन्दै कारबाही गरेका हुन् । ऐनले छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था भए पनि कारबाही गरिएका पसलहरूमा सबैभन्दा बढी २१ दिन निलम्बन गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : १९ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक