विभागले गर्‍यो १४ वटा औषधि पसललाई कारबाही | Khabarhub Khabarhub

विभागले गर्‍यो १४ वटा औषधि पसललाई कारबाही


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – औषधि व्यवस्था विभागले माघ महिनामा १४ वटा औषधि पसललाई कारबाही गरेको छ ।

विभागले गरेको निरीक्षणका क्रममा तोकिएको मापदण्ड पालना नगरेको पाइएपछि ती औषधि पसललाई कारबाही गरिएको हो ।

काभ्रे, गोरखा, लमजुङ र तनहुँका ती औषधि पसललाई विभागले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) अनुसार कारबाही गरेको बताएको छ ।

‘निरीक्षकले जाँचबुझ र निरीक्षण गर्न सक्ने प्रावधान राखिएको छ, त्यसको उपदफा ४ (क)मा निरीक्षण पछि परीक्षण गर्दा कुनै औषधि जन असुरक्षित, असरयुक्त र गुणस्तरयुक्त भएको पाइए पनि त्यस्तो औषधि उत्पादन, बिक्री वितरण, सञ्चय परिवहन वा निकासी पैठारी गर्ने व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप गरेको पाइएमा औषधि जफत गरी त्यस्तो व्यक्तिको अनुज्ञापत्र छ महिनासम्म निलम्बन गर्न सक्ने,’ औषधि ऐन २०३५ को दफा २० मा उल्लेख छ ।

विभागका अधिकारीहरूले ती पसलहरूले ऐन नियम विपरीतका गतिविधि गरेको भन्दै कारबाही गरेका हुन् । ऐनले छ महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था भए पनि कारबाही गरिएका पसलहरूमा सबैभन्दा बढी २१ दिन निलम्बन गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : १९ बजे

झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

तानसेन– नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती

सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो 

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को

गण्डक नहरमा अतिक्रमण हुँदा किसान समस्यामा

वीरगञ्ज– बाराको फेटाबजार नजिकै गण्डक नहर किनारमा अतिक्रमण हुँदा रौतहटका किसान

टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना घाइते

धनकुटा– धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना