आज २०७९ साल साउन २८ गते शनिबारको राशिफल « Khabarhub

आज २०७९ साल साउन २८ गते शनिबारको राशिफल


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल साउन २८ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : प्रेममा सफलता मिल्नेछ। दैनिकी सहज हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा प्राप्त हुनेछ। आफन्तबाट नै जोगिनुपर्ने समय छ।

वृष : बोलीका कारण कटुता बढ्ने भएकाले बोल्दा ख्याल गर्नुहोला। शैक्षिक क्षेत्रमा धेरै राम्रो छ। प्रेममा भने धोका पाइनेछ।

मिथुन : घर सामाजमा प्रभाव बढ्नेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी बढ्नेछन्। धार्मिक क्षेत्रबाट लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा राम्रो छ। प्रेममा सफलता मिल्नेछ।

कर्कट : उत्साह बढ्नेछ। दम्पत्तिले मिलेर गरेको कामबाट ठूलो फाइदा मिल्नेछ। पन्छीलाई अन्न दान गरे लाभ मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। आम्दानी हुनेछ। श्रीमान श्रीमतीबीचको सम्बन्ध सुमधुर रहनेछ।

कन्या : प्रतिस्पर्धी निस्तेज हुनेछन्। राजनीतिमा नाम, दाम र सम्मान मिल्नेछ। विद्या, वुद्धि र परिवारको माध्यमबाट गर्ने काममा सफलता मिल्नेछ।

तुला : मानसम्मान बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। अरु क्षेत्र यथावत छ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट उल्लेखनीय नतिजा प्राप्त हुनेछ।

वृश्चिक : आफ्नै दैनिकीबाहेक नयाँ कामको थालनी नगरेकै राम्रो छ। लामो यात्रा पनि ननिस्कनुहोला। वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो लाभ मिल्नेछ।

धनु : सोचेका काम पूरा हुनेछन्। शिक्षा, स्वास्थ्य, राजनीति र सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ। गणेश भगवानलाई दुबो चढाएर अघि बढे सफलता मिल्नेछ।

मकर : धार्मिक, आर्थिक, सामाजिक, राजनीति क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेममा धोका हुनेछ।

कुम्भ : पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए नतिजा राम्रो मिल्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सन्तोषजनक नतिजा मिल्नेछ।

मीन : आफ्नाबाट सहयोग नमिलेपनि बाहिरबाट सहयोग मिल्नेछ। अरु क्षेत्रमा दैनिकी राम्रो छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : २९ बजे

विश्व हात्ती दिवस : संरक्षणसँगै सुरक्षित करिडोरको चुनौती (तस्बिर)

काठमाडौँ– आज विश्व हात्ती दिवस, नेपालमा पनि वन्य हात्ती संरक्षण,

हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको

युरोपमा आज पहिलो दुर्लभ खग्रास सूर्यग्रहण, एसियामा किन देखिँदैन ?

काठमाडौँ – आज युरोपमा सन् १९९९ पछिको पहिलो दुर्लभ खग्रास

इरान युद्धमा ट्रम्पको स्वार्थ : क्षेप्यास्त्रको जोखिमपछि ‘विमान परिवर्तन’ को रहस्य सार्वजनिक

वासिङ्टन– “उनले मलाई आक्रमण गर्नुअघि नै मैले उनलाई सिद्ध्याइदिएँ ।

लाल बकैया नदीमा डुबेका दुई बालबालिकाको शव भेटियो, एक अझै बेपत्ता

काठमाडौँ – लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन