शिक्षा क्षेत्रका लागि बजेट कम हुन नदिने मन्त्री पौडेलकाे प्रतिवद्धता « Khabarhub

शिक्षा क्षेत्रका लागि बजेट कम हुन नदिने मन्त्री पौडेलकाे प्रतिवद्धता


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षामन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा क्षेत्रको विकासका लागि बजेट कम हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको विद्यालय शिक्षा र नजितासम्बन्धी छलफल कार्यक्रममा मन्त्री पौडेलले शिक्षा मन्त्रालयमा प्रयाप्त बजेट बिनियोजन नभएपनि शिक्षा क्षेत्रको विकासका लागि बजेट कम हुन नदिने प्रतिवद्धता जनाएका हुन् । 

मन्त्री पौडेलले संघले छुट्टाउने एक नम्बरको बजेट शिक्षा कै भएको उल्लेख गरे । उनले सबै मिलेर नेपालको शिक्षा क्षेत्रको गुणस्तर बढाउदै अन्तराष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए । उनले तीन वर्षभित्र विद्यालयको भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिए । 

१० वर्षे शिक्षा सुधारको कार्ययोजनालाई कार्यान्वयन गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाई छ । उनले शिक्षा क्षेत्रमा नीजि क्षेत्रले गरेको लगानीलाई राज्यले उपेक्षा नगर्ने र नाफाको प्रतिशत कम लिएर सेवा दिनुपर्ने मान्यता रहेको बताए । 

मन्त्री पौडेलले शिक्षा क्षेत्रको पछिल्लो रिपोर्ट हेर्दा केही सच्याउनुपर्ने अवस्था देखिएको पनि बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : ३७ बजे

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ