यू-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्ने « Khabarhub

यू-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्ने


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकामा जारी यू- १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ।

सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंमाथि ६-० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्यो। नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ।

कोलम्बोमा नेपाली टिमलाई जित दिलाउन हरिस भट्ट, प्रशान्त लक्षम, सुवास बम, निरोज कार्की, युनेश बुढाथोकी र सिजल राईले समान एक गोल गरे।

खेलको २१ औं मिनेटमा कप्तान प्रशान्तको गोलबाट नेपालले अग्रता बनाएका थियो। त्यसको अर्को मिनेटमा नै हरिसले नेपालको अग्रता दोब्बर पारे। यस्तै, ३० औं मिनेटमा सुवास बमले नेपालको अग्रतालाई ३-० मा पूर्याए।

३७औं मिनेटमा निरोज कार्कीले गोल गर्दै नेपालको अग्रतालाई अझ फराकिलो बनाए।पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा दुई गोल थप्यो।

नेपालका युनेशले ५१औं मिनटमा गोल गर्दै टिमको अग्रतालाई ५-० मा पूर्याए। यस्तै, खेलको अन्तिम मिनेटमा सिजल राईले गोल गरेपछि नेपालले ६-० को जित निश्चित गर्यो।

नेपालले बुधबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३-१ ले पराजित गरेको थियो।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : ३५ बजे

वैज्ञानिक समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा

भक्तपुरका नागरिकसँग महेश बस्नेतको प्रतिबद्धता- अधुरा विकास योजना पूरा गर्नेछु

काठमाडौं– नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका