यू-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्ने « Khabarhub

यू-१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्ने


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकामा जारी यू- १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ।

सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंमाथि ६-० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्यो। नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ।

कोलम्बोमा नेपाली टिमलाई जित दिलाउन हरिस भट्ट, प्रशान्त लक्षम, सुवास बम, निरोज कार्की, युनेश बुढाथोकी र सिजल राईले समान एक गोल गरे।

खेलको २१ औं मिनेटमा कप्तान प्रशान्तको गोलबाट नेपालले अग्रता बनाएका थियो। त्यसको अर्को मिनेटमा नै हरिसले नेपालको अग्रता दोब्बर पारे। यस्तै, ३० औं मिनेटमा सुवास बमले नेपालको अग्रतालाई ३-० मा पूर्याए।

३७औं मिनेटमा निरोज कार्कीले गोल गर्दै नेपालको अग्रतालाई अझ फराकिलो बनाए।पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा दुई गोल थप्यो।

नेपालका युनेशले ५१औं मिनटमा गोल गर्दै टिमको अग्रतालाई ५-० मा पूर्याए। यस्तै, खेलको अन्तिम मिनेटमा सिजल राईले गोल गरेपछि नेपालले ६-० को जित निश्चित गर्यो।

नेपालले बुधबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३-१ ले पराजित गरेको थियो।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : ३५ बजे

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

विराटनगर- सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र