प्रादेशिक अस्पतालमा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार « Khabarhub

प्रादेशिक अस्पतालमा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा मेगा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रमोदकुमार यादवले एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै अस्पतालको सबै सेवाको आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले बिरामीलाई सहज हुने र अस्पताललाई पनि आर्थिक पारदर्शितामा सहज हुने बताए ।

कार्यक्रममा बैंकका प्रदेश नम्बर २ प्रमुख यसपाल कुमार तिब्रेवाल र अस्पतालका विभिन्न विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेककुमार यादवले सेवाग्राहीहरुलाई प्रभावकारी सेवा दिइने बताए ।

एक्सटेन्सन काउन्टरमार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ । मेगा बैंकको हाल देशभर २०३ वटा शाखा र २५ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ३ : ३५ बजे

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले