त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन « Khabarhub

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विनाशकारी भूकम्पबाट पूर्णरुपमा क्षति भएको भवन पुननिर्माण हुनुपर्ने भन्दै काठमाडौंको घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले सडकमै बसेर पढेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । 

No description available.भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुननिर्माणमा चासो नदेखाएको भन्दै विद्यार्थीहरूले सडकमै बसेर पढेर ध्यानाकर्षण गराएका हुन् । उनीहरूले भवन पुननिर्माण गर, हामी पढ्न चाहन्छौ, भ्युटावर चाहिँ बन्ने त्रिचन्द्र नबन्ने, इतिहास ढल्दैछ सरकार मौन छ, शिक्षा मन्त्रालय हराएको सूचना लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेपालको इतिहासकै रुपमा रहेको त्रिचन्द्र क्याम्पसको पुननिर्माणमा सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको विद्यार्थीहरूको भनाई छ । 

No description available.एक सय चार वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था दयनीय बनेपछि विद्यार्थीहरू क्याम्पस बचाउ अभियानमा लागेका हुन् । २०७२ को भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ । त्रिचन्द्र कलेजको घन्टाघरतर्फको भवन १९७५ सालमा बनेको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : १२ बजे

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छः मन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली

प्रहरीमाथि चक्कु प्रहार गर्ने जेनजी प्रदर्शनमा भागेका फरार कैदी

भक्तपुर – प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चार जना पक्राउ

प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित

११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)

काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा