यान्त्रीकरणको प्रयोगसँगै झापामा धान उत्पादनमा वृद्धि « Khabarhub

यान्त्रीकरणको प्रयोगसँगै झापामा धान उत्पादनमा वृद्धि


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- किसानले कृषिमा यान्त्रीकरणको प्रयोगसँगै चक्लाबन्दी खेती सुरु गरेपछि विगतको तुलनामा धान उत्पादन वृद्धि हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले जनाएको छ ।

कार्यालयका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले परियोजना लागू भएपछि सिँचाइ सुविधा, यन्त्र उपकरणको उपलब्धता र नवीनतम् प्रविधिको प्रयोगबाट धान बालीको उत्पादकत्व बढेको बताए ।

उनले जिल्लाका १५ स्थानीय तहमध्ये १४ वटामा परियोजनाको कार्यक्रम लागू भएको जनाउँदै चालू आर्थिक वर्षमा धानको उत्पादकत्व बढेर प्रतिहेक्टर पाँच दशमलव ६९ मेट्रिक टन उत्पादन भएको बताए । झापामा हिउँदे, चैत र वर्षे धानको खेती हुँदै आएको उनको भनाइ छ ।

ृउनले धान सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवद्र्धन तथा प्रशोधन उद्योगको स्थापनामार्फत कृषि औद्योगीकरणको विभिन्न कृषिजन्य सङ्घ संस्थामार्फत कृषकलाई आधारशीला तयार गरिदिएको जानकारी र्दिए ।

परियोजनाले साना सिँचाइ, कष्टम हायरिङ सेन्टर, पोष्ट हार्भेष्ट सेन्टर, डायर मेसिन, राइस ट्रान्सप्लान्ट मेसिन, उत्पादन प्रदर्शन, बेरो÷चैते धान विस्तार कार्यक्रम, बिज वृद्धि, धानखेती चक्लाबन्दी कार्यक्रम ५० प्रतिशतमा अनुदानमा सञ्चालन गर्दै आएको छ । जसका कारण जिल्लामा यान्त्रीकरणका माध्यमबाट खेती गर्नेसमेत बढेका छन् ।

जिल्लामा ७५ हेक्टर जमिनमा चैत धान बाली लगाइएको थियो । जसका लागि परियोजनाले १५ हेक्टरमा खेती गर्नका लागि रु १० लाखका दरले रु ५० लाख अनुदान प्रदान गरेको छ । स्वदेशी हाइब्रिड धानले किसानलाई उत्प्रेरित गराउनुका साथै खाद्य सुरक्षामा टेवा पु¥याउने उद्देश्यले २० हेक्टरमा लगाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ११ : ५५ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय