यान्त्रीकरणको प्रयोगसँगै झापामा धान उत्पादनमा वृद्धि | Khabarhub Khabarhub

यान्त्रीकरणको प्रयोगसँगै झापामा धान उत्पादनमा वृद्धि


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- किसानले कृषिमा यान्त्रीकरणको प्रयोगसँगै चक्लाबन्दी खेती सुरु गरेपछि विगतको तुलनामा धान उत्पादन वृद्धि हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले जनाएको छ ।

कार्यालयका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले परियोजना लागू भएपछि सिँचाइ सुविधा, यन्त्र उपकरणको उपलब्धता र नवीनतम् प्रविधिको प्रयोगबाट धान बालीको उत्पादकत्व बढेको बताए ।

उनले जिल्लाका १५ स्थानीय तहमध्ये १४ वटामा परियोजनाको कार्यक्रम लागू भएको जनाउँदै चालू आर्थिक वर्षमा धानको उत्पादकत्व बढेर प्रतिहेक्टर पाँच दशमलव ६९ मेट्रिक टन उत्पादन भएको बताए । झापामा हिउँदे, चैत र वर्षे धानको खेती हुँदै आएको उनको भनाइ छ ।

ृउनले धान सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवद्र्धन तथा प्रशोधन उद्योगको स्थापनामार्फत कृषि औद्योगीकरणको विभिन्न कृषिजन्य सङ्घ संस्थामार्फत कृषकलाई आधारशीला तयार गरिदिएको जानकारी र्दिए ।

परियोजनाले साना सिँचाइ, कष्टम हायरिङ सेन्टर, पोष्ट हार्भेष्ट सेन्टर, डायर मेसिन, राइस ट्रान्सप्लान्ट मेसिन, उत्पादन प्रदर्शन, बेरो÷चैते धान विस्तार कार्यक्रम, बिज वृद्धि, धानखेती चक्लाबन्दी कार्यक्रम ५० प्रतिशतमा अनुदानमा सञ्चालन गर्दै आएको छ । जसका कारण जिल्लामा यान्त्रीकरणका माध्यमबाट खेती गर्नेसमेत बढेका छन् ।

जिल्लामा ७५ हेक्टर जमिनमा चैत धान बाली लगाइएको थियो । जसका लागि परियोजनाले १५ हेक्टरमा खेती गर्नका लागि रु १० लाखका दरले रु ५० लाख अनुदान प्रदान गरेको छ । स्वदेशी हाइब्रिड धानले किसानलाई उत्प्रेरित गराउनुका साथै खाद्य सुरक्षामा टेवा पु¥याउने उद्देश्यले २० हेक्टरमा लगाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ११ : ५५ बजे

रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण

एजेन्सी– रुसले गत राति युक्रेनमाथि ठूलो मात्रामा हवाई आक्रमण गर्दै

फलफूलखेतीतर्फ किसानको आकर्षण बढ्दो

महोत्तरी– अन्नबाली, सागसब्जी र उखुलगायत बाली लगाउन भरपर्दो सिँचाइ व्यवस्था

कृष्ण जन्माष्टमी : इस्कोन मन्दिर भक्तजनहरूको भीड  (तस्बिरहरू) 

काठमाडौं– कृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि काठमाडौंको बुढानीलकण्ठस्थित इस्कोन मन्दिर

हल्लेखर्क र कुरमुनीमा खानेपानी सुविधा विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलका ४० घरमा

डीप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ, १३ आयोजना हस्तान्तरण

नारायणगढ– भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ