चीनका लागि सजिलो छैन 'ताइवान कब्जा' | Khabarhub Khabarhub

चीनका लागि सजिलो छैन ‘ताइवान कब्जा’


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ सेनाले ताइवान वरपर ठूलो सैन्य अभ्यास जारी राख्ने जनाएको छ। यसअघि भएका चार दिने अभ्यास अन्त्य भएको जनाउदै चिनियाँ सेनाको ईस्टर्न थिएटर कमान्डका अनुसार अब उनीहरूले पनडुब्बी हमला र समुद्रमा छापा मार्ने कामको अभ्यास गर्नेछन्। प्रतिक्रिया दिँदै ताइवानका विदेशमन्त्री जोसेफ वु ले चीन आक्रमणको अन्तिम तयारीमा रहेको बताएका छन्। उनले सीमा क्षेत्रमा चीनले गरेको सैन्य अभ्यासबाट ताइवानसँगको सामुद्रिक सीमा नाका मिचेको भन्दै क्षेत्रीय शान्ति, स्थिरता र ताइवानको सुरक्षामा गम्भीर असर परिसकेको त्यहाँका अधिकारीले बताएका छन् ।

अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइपेई भ्रमणलाई लिएर बेइजिङ र वासिङ्टनबीच तनाव उत्पन्न भएका कारण चीनबाट लगातार सैन्य अभ्यास सञ्चालन गर्दै ताइवानको वायु रक्षा क्षेत्रमा आक्रामक गस्ती र ओभरफ्लाइट बढाएको छ।

सीमा क्षेत्रमा चीनले गरेको सैन्य अभ्यासबाट ताइवानसँगको सामुद्रिक सीमा नाका मिचेको भन्दै क्षेत्रीय शान्ति, स्थिरता र ताइवानको सुरक्षामा गम्भीर असर परिसकेको त्यहाँका अधिकारीले बताएका छन् ।

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिपछिको तेस्रो वरीयता प्राप्त सभामुख पेलोसीलाई तियानमेन स्क्वायर प्रदर्शनकारी, तिब्बती बौद्ध नेता दलाई लामा र हङकङका प्रजातन्त्रवादी कार्यकर्ताका समर्थक र दसकौंदेखि चीनको कडा आलोचक मानिन्छ।

चीनले यस टापुलाई आफ्नो सार्वभौम क्षेत्रको रूपमा हेर्छ र आवश्यक परे बल प्रयोग गरेर भए पनि फिर्ता लिने योजनालाई विकल्पका रूपमा प्रयोग गर्न मान्यता राख्छ। विगत दसकौंदेखि चिनियाँ कम्युनिष्ट पार्टीले द पिपुल्स लिबरेशन आर्मी (पीएलए) भनेर चिनिने आफ्नो सैन्य शाखालाई तयार पार्दै ताइवानी सेना भन्दा गुणात्मक अग्रता बनाइ सकेको छ। कतिपय विज्ञका अनुसार यस क्षेत्रमा अमेरिका वा जापान जस्ता ताइवानका कुनै पनि समर्थकको शक्तिभन्दा बढी शक्तिशाली चिनियाँ पीएलए नै हो।

चीन र ताइवान बीचको तुलनात्मक सैन्य शक्तिलाई पनि अध्ययन गर्नुपर्दछ। चीनको जनसंख्या १ अर्ब ३९ करोड ८० लाख रहेको छ भने ताइवानको २३ करोड ६० लाख मात्र छन्। चीनको रक्षा बजेट २३० अर्ब डलर छ भने ताइवानको १६ अर्ब ८० करोड डलर रहेको छ।

चीनमा सक्रिय सैन्य बल २० लाखको छ भने ताइवानको १ लाख ७० हजार मात्र छ। चीनको जगेडा सुरक्षा शक्ति १५ लाखको छ जबकी ताइवान को ५ लाख १० हजार को छ। चीनसँग ५२५० वटा ट्याङ्क छ भने ताइवानसंग १११० वटा ट्याङ्क छन। आर्टिलरीको हकमा चीनसँग ५८५४ वटा छन्  भने ताइवानसंग १६६७ वटा। यस अतिरिक्त लडाकू विमान चीनसँग ३,२८५ र ताइवानसँग ७४१ वटा छन् । समुद्री युद्धपोत बल चीनसँग ७७७ वटा छन् तर ताइवानसँग ११७ वटा मात्र छ। तर, यसको मतलब सम्भावित पीएलए आक्रमणविरुद्ध ताइपेई पूर्ण रूपमा असहाय छ भन्ने पनि होइन।

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति पछिको तेस्रो वरीयता प्राप्त सभामुख पेलोसीलाई तियानमेन स्क्वायर प्रदर्शनकारी, तिब्बती बौद्ध नेता दलाई लामा र हङकङका प्रजातन्त्रवादी कार्यकर्ताका समर्थक र दसकौंदेखि चीनको कडा आलोचक मानिन्छ।

चीनबाट सम्भावित आक्रमणको जोखिम दशकौंदेखि ताइवानमाथि झुन्डिएको छ। त्यसकारण चीन जस्तो विशाल शक्तिसँग रक्षा गर्न उनले आफ्नो भूगोललाई उपयुक्त हुने परिष्कृत रक्षा प्रणाली विकास गरेका छन। ताइवानले “दुम्सी रणनीति” (porcupine strategy) भनेर चिनिने असीमित युद्ध विधि अपनाएको छ जसअनुसार आक्रमण भएमा शत्रुलाई धेरै गाह्रो, महँगो र क्षतिग्रस्त बनाउने लक्ष्य राखेको हुन्छ।

दुम्सी तिखा काँडाले ढाकेको शरीर भएको स्तनपायी वन्यजन्तु हो। यसका जिउभरि कालो र सेतो रङ मिसिएको काँडा हुन्छन्।  सुँगुरको जस्तो थुतुनो भएको दुम्सी रिसाएपछि शरीरका काँडा सिरिङ्ङसिरिङ्ङ पार्दै शत्रुमाथि जाइलाग्ने हुँदा सकभर कुनै पनि हिंसक जनावरले यसमाथि आक्रमण गर्दैन।आक्रमण गरेको खण्डमा दुम्सीको अन्त भए पनि आक्रमण गर्ने जनावरलाई पनि गम्भीर क्षति हुनसक्ने अवस्था हुन्छ । ताइवानले अवलम्बन गरेको प्रतिरक्षा प्रणालीसँग जुध्न गएमा चीनलाई पनि भयानक क्षति बेहोर्नुपर्ने निश्चित छ। सम्भवत यही विचार गरेर चिनियाँ नेतृत्वबाट ताइवानलाई मनोवैज्ञानिक त्रासमा पार्न प्रयासरत रहेको देखिन्छ।

ताइवानले एन्टी-एयर, एन्टी-ट्याङ्क र एन्टी-शिप हतियार र गोलाबारुदको ठूलो भण्डार जम्मा गरेर राखेको छ। चीनको महँगो नौसेना जहाज र नौसेना उपकरण नष्ट गर्न सक्ने क्षमता भएका मानवरहित हवाई सवारी साधनहरू (UAVs) र मोबाइल कोस्टल डिफेन्स क्रूज मिसाइलहरू (CDCMs) जस्ता कम लागतका हतियार र फास्ट-अट्याक प्रविधि र छोटो मिसाइलबाट आक्रमण गर्न सकिने डुङ्गाहरू जुन अपेक्षाकृत सस्तो तर अत्यधिक प्रभावकारी उपकरण समावेश छन्। यस्ता सहज र छरितोसँग सञ्चालन हुनसक्ने घातक उपकरणलाई ताइवानका बन्दरगाहमा माछा मार्ने डुङ्गामार्फत सजिलै परिचालन गर्न सकिन्छ। यसबाहेक समुद्रभित्र माइन बिछ्याउने जहाजले कुनै पनि आक्रमणकारी नौसेनाको अवतरण कार्यलाई जटिल बनाउन सक्छ।

ताइवानले अवलम्बन गरेको प्रतिरक्षा प्रणालीसँग जुध्न गएमा चीनलाई पनि भयानक क्षति बेहोर्नुपर्ने निश्चित छ। सम्भवत यही विचार गरेर चिनियाँ नेतृत्वबाट ताइवानलाई मनोवैज्ञानिक त्रासमा पार्न प्रयासरत रहेको देखिन्छ।

ताइवान टापुलाई फटाफट कब्जा गर्न इच्छा भएमा चीनबाट ठूलो संख्यामा पीएलएका सैनिक जवान, अत्यधिक मात्रामा सशस्त्र सवारी साधन, हतियार, गोला बारूद, खाना, चिकित्सा सामग्री र इन्धनलाई आपूर्ति गर्न एयरलिफ्ट वा विमानको क्षमता सीमित भएकोले समुद्री मार्गबाट मात्र सम्भव हुनेछ। तर, दुवै देश बीचको सीमा निर्धारण क्षेत्रमा रहेको टापु श्रृंखला, जसमध्ये केही चिनियाँ तट नजिक छन् । निगरानी उपकरणले चीनको तटबाट प्रस्थान गरेको पहिलो जत्थालाई पत्ता लगाउन सक्छन् र यसले ताइवानी सेनालाई बहुस्तरीय रक्षा समन्वय गर्न पर्याप्त समय दिने छन्। त्यस्तो सूचना प्राप्त हुनासाथ समुद्रभित्र जडान गरिएका माइन, द्रुत-आक्रमण क्राफ्ट र मिसाइल आक्रमण गर्ने डुङ्गाका साथसाथै अन्य टापुमा राखिएका भूमि-आधारित हतियारबाट चिनियाँ सेनालाई अवतरण र अपरेशन सुरु गर्ने मौका मिल्नु अघि नै सबैभन्दा कठिन अवस्थालाई सामना गर्नुपर्ने हुन्छ।

ताइवानले आफ्ना सहरका भवनलाई छापामार युद्धका लागि ब्यारेकमा परिणत गर्न सकिने गरी तयार पारेको छ। केही गरी चीनको PLA ताइवान पुग्न सफल भयो भने म्यान पोर्टेबल एयर डिफेन्स सिस्टम (MANPADS) र एन्टि आर्मर हतियार जस्तै हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम (HIMARS)लाई निकट झडपमा प्रयोग गरिनेछन्। ताइवानले आफ्नो कुल जनसङ्ख्याको करिब १५ प्रतिशत नागरिकलाई सैन्य रिजर्भ प्रणालीमा आबद्ध गरेर रक्षा स्वयंसेवक को रूपमा बन्दोबस्त साथ सुरक्षित राखेको छ। चीनद्वारा ताइवान कब्जा गर्न बल पूर्वक गरिने प्रयास सहज हुनेछैन।

चीनको मुख्य भूमिबारे चिनियाँ कम्युनिष्ट पार्टी नियन्त्रित सरकार र ताइवान सरकारबीच परस्पर दाबी गर्ने क्रमको पनि लामो इतिहास छ। दोस्रो विश्वयुद्धको अन्त्यपछि संयुक्त सैन्य कमान्डर चियाङ काई-शेकको नेतृत्वमा रहेको चिनियाँ राष्ट्रवादीको दल कुओमिन्ताङ र अध्यक्ष माओ त्से तुङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) बीचको गृहयुद्ध पुनः सुरु भयो। सन् १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टीबाट भएको आक्रमणको श्रृंखलाले २३ अप्रिलमा तत्कालीन राजधानी नान्जिङ कब्जा गरेपछि राष्ट्रवादी सेनाको पराजय भयो र कम्युनिष्टहरूले अक्टोबर १ मा जनवादी गणतन्त्र चीनको स्थापना गरे।

चीनको मुख्य भूमिबारे चिनियाँ कम्युनिष्ट पार्टी नियन्त्रित सरकार र ताइवान सरकारबीच परस्पर दाबी गर्ने क्रमको पनि लामो इतिहास छ।

त्यसक्रममा ७ डिसेम्बर १९४९ मा चियाङले आफ्नो राष्ट्रवादी सरकारलाई चीनबाट स्थानान्तरण गर्दै ताइवान सारेर ताइपेईलाई गणतान्त्रिक चीन (Republic of China) को अस्थायी राजधानी (जसलाई चियाङ काई-शेक को “युद्धकालीन राजधानी” पनि भनिन्छ) बनाएका थिए। जसमा सैनिक, सत्तारुढ कुओमिन्ताङका सदस्य, बौद्धिक, व्यापारिक र अभिजात्य वर्गसमेत गरी करिब २० लाख मानिसलाई चीनको मुख्य भूमिबाट सारिएको थियो।

ताइवानको राजनीतिक र कानूनी स्थिति विवादास्पद रहिआएको छ। जनवादी गणतन्त्र चीनको दाबीअनुसार ताइवान चिनियाँ क्षेत्र हो। उसले सन् १९४९ देखि नै आरओसी (Republic of China) सरकारलाई प्रतिस्थापित गरेर आफूलाई चीनको एकमात्र कानूनी सरकार रहेको घोषित गर्दै आएको छ। संयुक्त राष्ट्र संघको संस्थापक सदस्य राष्ट्रको हैसियत प्राप्त चीनलाई अमेरिका लगायत बहुसङ्ख्यक देशले समर्थन जनाएका छन्। नेपाल सरकारबाट पनि चीन प्रतिको आफ्नो सर्वस्वीकृत एक चीन नीतिलाई अवलम्बन गरिदै आएको छ।

ताइवानको आरओसी सरकारसँग आफ्नै मुद्रा, व्यापक रूपमा स्वीकृत राहदानी, हुलाक टिकट, इन्टरनेट, सशस्त्र बल र स्वतन्त्र रूपमा निर्वाचित राष्ट्रपतिसमेत भएको संविधान छ।

अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणपछि उत्पन्न तनावबीच चिनियाँ विदेशमन्त्री वाङ्ग यी ले पनि ताइवानलाई अन्ततः चीनसँग एकीकरण हुने विश्वास व्यक्त गरेका थिए। तर, ताइवानको आरओसी सरकारसँग आफ्नै मुद्रा, व्यापक रूपमा स्वीकृत राहदानी, हुलाक टिकट, इन्टरनेट, सशस्त्र बल र स्वतन्त्र रूपमा निर्वाचित राष्ट्रपतिसमेत भएको संविधान छ। यहाँसम्म कि ताइवान स्थित सरकारले पनि चीनको मुख्य भूमिमा आफ्नो औपचारिक दाबी त्यागेको छैन । परिस्थिति भनेजतिको सहज छैन। त्यसैले ताइवान कब्जा गर्न चीनसँग युद्ध भयो भने लामो, महँगो र रक्तपातपूर्ण हुनेछ अर्थात सोचे जति सजिलो छैन ताइवानलाई चीनसँगको एकीकरण।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ५९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका