इस्तानबुलमा शक्तिशाली विस्फोट हुँदा ६ जनाको मृत्यु « Khabarhub

इस्तानबुलमा शक्तिशाली विस्फोट हुँदा ६ जनाको मृत्यु


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अंकारा – टर्कीको राजधानी इस्तानबुलको मुटुको एउटा व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ।

आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते बढी घाइते भएका स्थानीय गभर्नरले जनाएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतंकवादी हमला भएको अनुमान गरिएको बताए । इस्तानबुलमा एक पत्रकार सम्मेलनमा उनले आक्रमणको निन्दा गर्दै हमलामा ‘आतंकको गन्ध’ आएको बताए ।

न्याय मन्त्री बेकिर बोजडागले विस्फोट हुनुभन्दा केही मिनेटअघि एउटी महिला ४० मिनेटभन्दा बढी समयसम्म विस्फोट क्षेत्रमा रहेका बताए । राष्ट्रपति रेसेप तैयप एर्दोगानले दोषीलाई कारबाही गरिने बताएका छन् ।

ट्वीटरमा पोस्ट गरिएको भिडियोमा विस्फोटपछि ठूलो धुवाँको मुस्लो आवाज सुन्न सकिन्छ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै